काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डल विस्तार गर्ने भएका छन् । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीचको सहमतीमै प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रिपरिषद्मा व्यापक हेरफेर गर्ने भएका हुन् । ्ने
कपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले पार्टीबाट सरकारमा सहभागी केही मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारी गरेका हुन् । माओवादी २ र समाजवादीले ३ मन्त्रीलाई फिर्ता बोलाउने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफल र सहमतिमा नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले केही मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारी गरेका छन्।
सरकारमा बसेर राम्रो काम गर्न नसकेका र जनस्तबारट आलोचना भएका मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारी भएको छ । माओवादी केन्द्रले भने अर्थमन्त्री जनार्दन शर्मा र उर्जामन्त्री पम्फा भुषाललाई फिर्ता बोलाउने तयारी गरेको छ । प्रधानमन्त्री देउवासमेत अर्थमन्त्री शर्मासँग पछिल्लो समय असन्तुष्ट बनेको बताईएको छ । खासगरी शर्माले मन्त्रालयका कर्मचारीहरुको पनि कुरा नसुनेको र एकलौटी ढंगले काम गर्न खोजेको आरोप छ ।
देशको हित हुनेगरि काम गर्नुपर्नेमा व्यक्तिगत लाभहानीको हिसाब गरेर काम गर्न थालेको र एकपछि अर्को गरेर विवादस्पद निर्णय गरेको भनेर उनीमाथि कडा आरोप लाग्ने गरेको छ । कतिपय विषयमा भने उनीमाथि नीतिगत हस्तक्षेप गरेको पनि आरोप छ । र, सरकारको पोलिसीसमेत चुहाउने गरेको अर्को आरोप छ ।
उता, उर्जामन्त्री भुषालले पनि जनताको हित हुनेगरि काम गर्न नसकेको आरोप छ । नेकपा (एकीकृत समाजवादी) भित्र पनि केही मन्त्रीहरुलाई फिर्ता बोलाउनेगरि नेताहरुले नेतृत्वमाथि दबाब बढाएका छन् । हिजो बसेको पोलिटब्यूरो बैठकमा समेत मन्त्रीहरुको कार्यक्षमतालाई आलोचना गरिएको थियो ।
स्वास्थ्यमन्त्री विरोध खतिवडा, श्रममन्त्री कृष्णकुमार श्रेष्ठ, शहरी विकासमन्त्री रामकुमारी झाँक्रीको कार्यसम्पादन चित्तबुझ्दो नभएको भन्दै उनीहरुलाई फिर्ता बोलाउनुपर्नैमाग उठेको छ । स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते हुँदैछ । त्यसलाई ध्यान दिएर प्रधानमन्त्री देउवाले पनि मन्त्रिमण्डलमा नयाँ अनुहार ल्याउने तयारी थालेका छन् ।
कांग्रेसबाट समेत दुई जना मन्त्री नियुक्त गर्ने देउवाको तयारी छ। अहिले उद्योग र रक्षा मन्त्रालय देउवा आँफैले राखेका छन् ।निकट भविष्यमा नै उनले यी दुई मन्त्रालयमा मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । पछिल्लो समय सुजाता कोइराला र प्रकाशमान सिंहको नाम मन्त्री बन्नेमा चर्चामा छ । सिंहले भने मन्त्री नबन्ने भनिसकेका छन् ।
सिंह आफू मन्त्री नबनेपनि उनले सिफारिश गरेको व्यक्ति नै मन्त्री हुने सम्भावना रहेको कांग्रेस वृत्तमा चर्चा छ । सिंहको कोटाबाट राजनकुमार केसी मन्त्री बन्ने चर्चा छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !