काठमाडौ । नेपालमा पछिल्लो २४ घन्टामा मुलुकमा ७ हजार ४२५ जना नयाँ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले थप ७ हजार ४२५ जनामा पुष्टि गरेको हो। जम्मा २० हजार ४५३ नमूना परीक्षण गराउँदा ७ हजार ४२५ जनामा रोग देखिएको हो। यस्तै पछिल्लो २४ घन्टामा ७ हजार १३५ जना रोगमुक्त भएका छन्।
यस्तै पछिल्लो २४ घन्टामा थप १८५ जनाले ज्यान गुमाएका छन्। हाल १ लाख १५ हजार ४४७ जना सक्रिय संक्रमित छन्। क्वारेन्टाइनमा ९२४ जना रहेका छन्।
महामारीमा बिरामीको सहज उपचार नभएको भन्दै धरानमा क्रियासिल सम्पूर्ण राजनैतिक दलले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धर्ना दिएका छन् । सोमबार दर्जन भन्दा बढी राजनैतिक दलका स्थानीय नेता तथा कार्यकर्ताले प्रतिष्ठानका उपकुलपति डा। ज्ञानेन्द्र गिरीको कार्यकक्ष अगाडि धर्ना दिएर उपचार सेवा प्रभावकारी बनाउन माग गरेका छन् ।
महामारीका समयमा प्रतिष्ठानको कोभिड अस्पतालमा धरानका संक्रमितलाई भर्ना नगरेको, आइसीयू र भेन्टिलेटर विस्तार नगरेको, अक्सिजन प्लान्ट मर्मत नगरेको र अन्य रोगका बिरामीको समेत जहज रुपमा उपचार नगरेका कारण प्रतिष्ठान व्यस्थापनविरुद्ध आन्दोलनमा उत्रनु परेको नेकपा एमाले धरानका अध्यक्ष नारायण सुवेदीले बताए । उनले प्रतिष्ठानका पदाधिकारी प्रतिष्ठानको सेवा सुधार गर्न भन्दा पनि कमिसनको खेलमा लागेका कारण प्रतिष्ठानको अवस्था कमजोर बनेको बताए ।
अहिले महामारीका रुपमा फैलिएको सं क्र म ण चार हप्ता पछि घट्द्र जाने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुमान गरेको छ । सोमवार पत्रकार सम्मेलन गर्दै स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले आगामी चार हप्तापछि सं क्रम ण दर घट्दै जाने अनुमान गरिएको बताएका छन्।
महामारीको अवस्था र सरकारले गरेका कामका बारेमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले अहिले दैनिक सरदर ८ हजार ३ सय जना नयाँ संक्रमित थपिएको जानकारी दिँदै चार हप्तापछि यो दर घट्ने बताएका हुन्।
आफ्नो प्रतिक्रिया दिनुहोस् !