मलेसियाबाट आज एकैपटक २४ वटा श’व र तीन वटा अस्तु नेपाल ल्याइएको छ ।मलेसियामा विभिन्न समयमा मृ’त्यु भएका नेपालीहरुको श’व आज बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको नेपाल एयरलाइन्सका एक अधिकारीले जानकारी दिए । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा नेपाल ल्याइएका यी श’व आजै आफन्तको जिम्मा लगाइएको छ ।
आजै शनिबार क्वालालम्पुरबाट नियमित उडानमार्फत नेपाली नागरिकका श’व नेपाल ल्याइएको हो । यसमध्ये परिवारको सहमतिमा मलेसियामै ‘अन्त्येष्टि गरिएका तीन जनाको भने अ’स्तु नेपाल ल्याइएको छ ।सबैभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा रहेको मलेसिया नेपाली श्रमिकको धेरै मृ’त्यु हुने मुलुकमा पर्छ ।
क्याप्टेन बिजय लामा लेख्छन्ः
एक हप्ता भित्र😞😞😞 मलेसिया बाट ३७ वटा शवहरु, तिनवटा अस्ति र अझै अर्को १८ वटा ल्याउनुनै छ बाकी! मनमा धेरै दुख लाग्दा लाग्दै पनि बाध्य छौ ल्याउनलाइ। देशको स्थितिनै यस्तै छ! धनी र ठुला बडाहरुलाइ मात्र हो त यो देश कि सबैलाई हो?
मलेशियाको क्वालालम्पुरबाट वैदेशिक रोजगारीमा गएर फर्कन लागेका यात्रुसगै, आज मेरो उडान फ्लाइट नम्बर आर ए ४१६मा, रोजगारीको क्रममा COVID-19 बाहेकको अरु विभिन्न कारणले ज्यान गुमाएका नेपाली दाजुभाइको २४ वटा शव तथा ३ वटा अस्तु पनि ल्याएका थियौ हामिले। अझै अर्को उडानमा पनि १८ वटा शव ल्याउनु बाकी छ रे!!!
विदेशमा श्रम र पसिना बेच्न गएका नेपाली दाजुभाइ दिदिबहिनीको शव ल्याउदा जस्तो दुख पीडा अरु कुनै पनि उडान गर्दा हुन्न।
तथ्यांकमा मात्र सिमित हुने त होला देशको सरकारको निमित्त तर मृत व्यक्ति तथा उनका आश्रित परिवारको भने सर्वस्व गुमेको छ!
अब पनि पुगेन देशलाइ बरबाद पार्दै नेपाली जनतालाइ बिदेश जान बाध्य बनाउने गरि एक आपसमा झगडा गर्न??? यति देखे पछि त केही गर्नु नि देश र जनताको लागि!!! आफ्नो अनि पार्टीको स्वार्थ भन्दा माथी उठ्न सकिन्न र??
हार्दिक श्रद्धाञ्जली।
बिजयलामाकाे फेसबुकबाट जस्ताकाे तस्तैः
आफ्नो प्रतिक्रिया दिनुहोस् !