काठमाडौँ । सिन्धुपाल्चोक घर भएका उद्धव पराजुली लगनखेलस्थित विद्युत्त प्राधिकरणको क्वाटरमा बस्दै आएका थिए । सो क्वाटरमा पत्नी पनि सँगै बस्थिन् । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ चुम्लुङ बेसी घर भएका उद्धवकी पत्नी विद्युत्त प्राधिकरणमा काम गर्छिन् । बिहीबार साँझ उद्धवले मट्टितेल छर्केर आफैंलाई आगो लगाएका छन् ।
मापसे गरेर उद्धवले प्राधिकरणको कम्पाउण्ड भित्र आफैंलाई आगो लगाएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी सिद्धिविक्रम शाहले रातोपाटीलाई बताए । चिकित्सकहरुका अनुसार उनको शरीर ४० प्रतिशत भाग जलेको छ ।
पत्नीसँग झगडा गरेर उनले आफैंलाई जलाएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको एसएसपी शाहले जानकारी दिए । शाह भन्छन्–‘घरायसी झगडा गरेर उनले आफैंलाई जलाएको देखिन्छ ।’ प्राधिकरणको क्वाटरमा स्टाफ नर्स पढ्दै गरेकी भदैनी पनि सँगै बस्थिन् । तर, उद्धवले मट्टितेल ल्याएर आगो लगाएपछि मात्र परिवारको सदस्यहरुले थाहा पाए ।
उद्धवकी पत्नी विद्युत्त प्राधिकरणको मुख्य कार्यालय रत्नपार्कमा कार्यरत छिन् । सुरक्षा गार्ड काम गर्ने उद्धवले पछिल्लो समय सो काम छाडेर बसेका थिए । अधिक मापसे गरेपछि उनलाई परिवारले रिह्याबमा पनि राखेको थाहा भएको छ । उनी मानसिक रोगको औषधी सेवन गरिरहेका छन् ।
शुरुमा पाटन अस्पताल र अहिले उनको कीर्तिपुर वर्न अस्पतालमा उपचार भइरहेको छ । उद्धवले मट्टितेल कहाँबाट ल्याए र किन आफैंलाई जलाए भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !