काठमाडौं । बालिकालाई बलात्कार गरेको आरोपमा रुकुमपूर्वमा दुई जना पक्राउ परेका छन् । रुकुमपूर्वका १४ र १५ वर्षीया बालिकालाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा रुकुमकोटका २३ र १४ बर्षिय किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गणेशबहादुर श्रेष्ठले जानाकारी दिए ।
पक्राउ परेका दुवै जनाले बालिकालाई कोठामा थुनेर जबर्जस्ती करणी गरेको स्वीकार गरेका छन् । १ चैतमा कमलदह घुम्न भनेर निस्किएका ती बालिका सम्पर्कविहीन भएपछि परिवारले प्रहरीमा उजुरी दिएका थिए । दुवै जनालाई अपहरण, शरीर बन्धक तथा जबर्जस्ती करणीको अभियोगमा मुद्दा चलाउने प्रहरिले जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !