काठमाडौँ- भारतमा पछिल्लो २४ घण्टामा यो वर्षकै धेरै ५३ हजार ४१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै त्यहाँ संक्रमितको संख्या १ करोड १७ लाख ८७ हजार १३ पुगेको छ ।
यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १२ लाख २९ हजार ५९१ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३ लाख ९६ हजार ६९६ छ । यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६० हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा त्यहाँ थप २४९ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ६० हजार ७२६ पुगेको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !