इजिप्टको स्वेज नहरमा एक मालवाहक पानीजहाज फसेपछि आवतजावत ठप्प भएको छ। १९३ किलोमिटर लामो स्वेज नहरले भूमध्यसागर र रेड सीलाई जोड्छ्। मंगलबार बिहान चीनबाट नेदरल्याण्ड जान लागेको एभर गिभन नामक पानीजहाज नियन्त्रण गुमाएर किनारमा फसेको थियो। ४ सय मिटर लामो र ५९ मिटर जहाज निकाल्ने प्रयास भइरहेको छ।
अहिलेसम्म जहाज निकाल्न नसकिएकाले युरोप र एसिया जोड्ने यो प्रमुख व्यापारिक मार्गमा आवतजावत ठप्प भएको छ। जहाज निकाल्न अझै केही दिन लाग्न सक्ने बताइएको छ। नहरमा फसेको पानीजहाज पनामा दर्ता भएको छ। सन् २०१८ मा बनेको यो जहाज ताइवानी कम्पनी एभरग्रिन मरिनले सञ्चालन गर्दै आएको छ।
एभरग्रिनले अचानक तीव्र गतिमा चलेको हावाका कारण नेभिगेसनमा समस्या हुँदा जहाज फसेको हुन सक्ने बताएको छ। अमेरिकाका समुद्री इतिहासकार डाक्टर साल मर्कोग्लियानोले यति ठूलो जहाज फस्ने घटना दुर्लभ भएको र यसले विश्व व्यापारमा ठूलो असर पार्ने बताएका छन्। उनले स्वेज नहरमा फस्ने सबैभन्दा ठूलो जहाज हो।
जहाजलाई तत्काल निकाल्न नसकिए त्यसमा रहेको सामान तत्काल निकाल्नु पर्ने उनको भनाइ छ। सन् २०१७ मा पनि एक जापानी जहाज स्वेज नहरमा फसेको थियो। तर उक्त जहाजलाई अधिकारीहरूले केही घन्टामै हटाएका थिए। समाचार आजकाे सेतोपाटी अनलाइनमा प्रकासित छ ।
जहाज निकाल्न अझै केही दिन लाग्न सक्ने बताइएको छ। नहरमा फसेको पानीजहाज पनामा दर्ता भएको छ। सन् २०१८ मा बनेको यो जहाज ताइवानी कम्पनी एभरग्रिन मरिनले सञ्चालन गर्दै आएको छ। मर्कोग्लियानोले यति ठूलो जहाज फस्ने घटना दुर्लभ भएको र यसले विश्व व्यापारमा ठूलो असर पार्ने बताएका छन्। उनले स्वेज नहरमा फस्ने सबैभन्दा ठूलो जहाज हो।
आफ्नो प्रतिक्रिया दिनुहोस् !