बुद्धिजीवीको नाममा कुनै पार्टीको, सरकारको कठपुतली बनेर, चावेलको भट्टीमा जाँड र रक्सी खाएर हाम्रो पार्टी विरुद्ध षडयन्त्र गरेर हाम्रो सिद्धान्त, हाम्रो नेतृत्व, हाम्रा शुभचिन्तकलाई विष ओकल्ने कोही बौद्धिक अराजकतावादी शक्ति क्रियाशील भयो भने युथ फोर्सले साइबर सेनासँग मिलेर सूचना प्रविधि प्रयोग गरेर बौदिक अराजकतावादीलाई ठीक पार्नेछ ।’
यो भनाई हो, नेकपा एमालेका नेता एवं युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतको । शनिबार बबरमहलमा युथ फोर्स भ्याली कमाण्ड घोषणा सभामा बोल्दै उनले पटक पटक विरोधीलाई ‘मुड्की’ नै काफी रहेको चर्को भाषण गरे ।
भाषणका क्रममा ‘‘चावेलको भट्टीमा जाँड र रक्सी खाएर हाम्रो पार्टी विरुद्ध षडयन्त्र गरेर हाम्रो सिद्धान्त।।’ भनेर ‘मुड्की’ ठीक पार्ने धम्कि दिए । चाबहिलको गणेशस्थानमा बसेर खरो रुपमा भ्रष्टाचारीको विरोध गर्ने लेखक तथा साहित्यकार हुन्, खगेन्द्र संग्रौला ।
भ्रष्टाचारी र छेपारेप्रवृत्तिविरुद्ध खरो रुपमा आलोचना र टिप्पणी गर्ने लेखक संग्रौलाले महेश बस्नेतको साइबार सेनाको हुइँया र प्रवृत्तिविरुद्ध तिखो प्रहार गर्दै आएका छन् । शनिबार उनै संग्रौलाको नाम सीधै नभनि बस्नेतले ‘चावेलको भट्टीमा जाँड र रक्सी खाएर।।’ बुद्धिजीवीलाई साइबर सेनाले ठीक लगाउने बताए । अनलाइन मार्गबाट











आफ्नो प्रतिक्रिया दिनुहोस् !