काठमाडौं । नेकपा विभाजनसँगै विभाजित भएको नेकपा एमाले ८ महिनापछि लयमा फर्किएको छ । फागुन २३ को फैसालपछि पनि विभाजित अवस्थामै रहेको एमालेको माधव नेपाल समूहको मुख्य हिस्सालाई साथमा लिएर अध्यक्ष केपी शर्मा ओलीले वडादेखि केन्द्रसम्मका अधिवेशनहरुको मिति तय गरेका छन् ।
एमाले आफ्नो लयमा फर्किदा बरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम लगायतको एउटा पंक्ति भने छुटेको छ । एमालेबाट विभाजित माधव नेपाल पक्षले नयाँ पार्टीको मान्यता पाउनुभन्दा एक दिन अगाडि नै ओलीले माधव समूहका मुख्य हस्ती १० जना स्थायी कमिटी सदस्यसहितको बैठकमा पार्टीको गति अघि बढाएका हुन् ।
यसै क्रममा नेकपा माओेवादी केन्द्रले पार्टी केन्द्र,प्रदेश र मातहतका विभाग तथा संगठनकाे जिम्मेवारी टुंग्याएकाे छ । स्थायी कमिटीमा भएको निर्णयअनुसार, सबै प्रदेशका इन्चार्ज, अध्यक्ष सचिव तथा सबै जिल्लाका इन्चार्जको जिम्मेवारी तोकिएको हो । यसैगरी पार्टीका सबै जनवर्गीय संगठनका इन्चार्ज, विभाग तथा अन्य संगठनका इन्चार्ज समेत तोकिएका छन् ।
त्यस्तै नेकपा माओवादी केन्द्रका नेता कृष्ण बहादुर महरालाई सो पार्टीले प्रवक्ताको जिम्मेवारी दिएको छ । सभामुखबाट पदमुक्त भएपछि पार्टीमा प्रभावकारी भूमिका नपाएका उनलाई माओवादीले हालै सम्पन्न केन्द्रीय कमिटी बैठकबाट प्रवक्ताको जिम्मेवारी दिएको हो ।
परिपत्रमा यथास्थितिसँग सम्बन्ध विच्छेद गर्ने गरी विचारको विकास गर्ने र क्रान्तिकारी संगठनको निर्माणका लागि फडको मार्नुपर्ने कुरामा अध्यक्ष प्रचण्डले जोड दिनुभएको उल्लेख छ । साथै परिपत्रमा आसन्न राष्ट्रिय सम्मेलनका लागि संगठनात्मक सुदृढिकरणमा जुट्न सबैलाई निर्देशन दिइएको छ ।
सबै प्रदेशका इन्चार्ज तोकिएको भएपनि सुदूरपश्चिम प्रदेश र प्रदेश २ को अध्यक्ष तथा सचिवको जिम्मेवारी भने टुंगिएको छैन । यसअघि प्रचार प्रसार विभाग प्रमुखमा नारायणकाजी श्रेष्ठ रहेकोमा अहिले भने उक्त जिम्मेवारी कृष्णबहादुर महराले पाएका छन् । स्कूल विभाग भने अध्यक्ष प्रचण्डले आफैसँग राखेका छन् ।
जस अनुसार प्रदेश १ मा राम कार्की ‘पार्थ’ इन्चार्ज बनेका छन्।यहाँ सावित्रीकुमार काफ्ले, पदम राई, धर्मशीला चापागाईँ र अजम्बर काङमाङ प्रदेश सह-इन्चार्ज तोकिएका छन्। यो प्रदेश अध्यक्षको जिम्मेवारी सुरेशकुमार राईले पाएका छन्।यो प्रदेश अध्यक्षको जिम्मेवारी सुरेशकुमार राईले पाएका छन्।
उता प्रदेश २ इन्चार्जमा गणेश साह तोकिएका छन्। त्यहाँको सह-इन्चार्ज विश्वनाथ साह र महेन्द्र पासवान तोकिँदा प्रदेश अध्यक्ष र सचिव चयन गरिएको छैन। बागमती प्रदेश इन्चार्जमा हितमान तामाङ चयन हुँदा सह-इन्चार्जमा हितबहादुर तामाङ शशी श्रेष्ठ र सूर्य सुवेदी तोकिएका छन्। यो प्रदेशको अध्यक्षमा नारायण दाहाल तोकिँदा सचिव पद खाली राखिएको छ।
गण्डकी इन्चार्जमा हितराज पाण्डेले जिम्मेवारी पाउँदा सह-इन्चार्जमा यसोदा सुवेदी गुरुङ तथा प्रदेश अध्यक्षमा हरि अधिकारी तोकिएका छन्। लुम्बिनी प्रदेश इन्चार्जमा चक्रपाणि खनाल ‘बलदेव’ चयन हुँदा सहइन्चर्जमा कुलप्रसाद केसी र हरिकुल्ला खान चयन भएका छन्। यो प्रदेशको अध्यक्षमा ओनसरी घर्ती चयन हुँदा सचिवामा जगतप्रसाद शर्मा ‘अपार’ले जिम्मेवारी पाएका छन्।
कर्णालीमा शक्ति बस्नेत इन्चार्ज तोकिँदा सह-इन्चार्जमा कालीबहादुर मल्ल, टेकबहादुर बस्नेत र महेन्द्रबहादुर शाहीलाई तोकिएको छ। यहाँको अध्यक्षमा राजकुमार शर्मा र सचिवमा रामदीप आचार्यले जिम्मेवारी पाएका छन्।
सुदूरपश्चिम इन्चार्जमा खगराज भट्ट तोकिएका छन्। त्यहाँ सह-इन्चार्जमा लक्ष्मीदत्त जोशी र तारामान स्वाँरले जिम्मेवारी पाएका छन्। यो प्रदेशमा माओवादीले अध्यक्ष र सचिव छान्न सकेको छैन।
त्यस्तै विशेष समिति इन्चार्जको भूमिमा लीलामणि पोखरेल आएका छन्। यो समितिको सह-इन्चार्जमा केशव नेपाल, गंगा कार्की र पुष्पविक्रम मल्ल तोकिएका छन्। अध्यक्षमा लेखनाथ न्यौपाने रहेका छन्।उता सम्पर्क समन्वय समिति इन्चार्जमा डिलाराम आचार्य, सह-इन्चार्जमा झक्कु सुवेदी तोकिँदा अध्यक्षमा सत्या पहाडी र सचिवामा देवेन्द्र पराजुलीलाई जिम्मेवारी दिइएको छ।
प्रवास समितितर्फको इन्चार्जमा नारायणकाजी श्रेष्ठ तोकिएका छन्। यस समितिको सह-इन्चार्ज तोकिएको छैन। यो समितिको अध्यक्षमा ओम शर्मा र सचिवमा टी. बी. पाठक तोकिएका छन्। त्यस्तै माओवादीले देशभरका जिल्ला समन्वय समितिको इन्चार्ज पनि तोकेको छ। संघीय संरचना अनुसार अभ्यास गर्ने क्रममा माओवादीले जिल्ला कमिटी भंग गरेर समन्वय समिति निर्माण गर्ने निर्णय यसअघि नै लिइसकेको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !