काठमाडौं । निर्वाचन आयोगले गत आइतबार सम्पन्न भएको आम निर्वाचनमा दल तथा उम्मेदवारहरुले पाएको मतको परिणाम सार्वजनिक गरिरहेको छ । यस अन्तर्गत समानुपाति निर्वाचन प्रणालीमा दलहरुले आज बिहानसम्म प्राप्त गरेको परिणाम पनि सार्वजनिक गरेको छ ।
आज बिहानसम्मको समानुपातिक तर्फको मत परिणाम अनुसार नेकपा (एमाले)ले सबैभन्दा बढी मत पाएको छ । एमाले ९ लाख ११ हजार २९० मतसहित पहिलो सथानमा छ भने कांग्रेसले ८ लाख ७६ हजार ४८१ मत तथा तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ४ लाख ३९ हजार ५३८ मत ल्याएको छ भने चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले अहिलेसम्म ४ लाख ८ हजार १०२ समानुपातिक मत प्राप्त गरेको छ ।
समानुपातिक मतमा राष्ट्रिय प्रजातन्त्र पार्टी पाँचौं स्थानमा छ । उसले अहिलेसम्म २ लाख ३६ हजार २ सय ११ मत ल्याएको छ ।
छैठौं स्थानमा रहेको जनता समाजवादी पार्टी (जसपा) ले १ लाख १४ हजार ५ सय १९ समानुपातिक मत पाएको छ भने सातौं स्थानमा रहेको जनमत पार्टीले ६८ हजार ५ सय ७८ समानुपातिक मत ल्याएको छ । यसपछि आठौं स्थानमा रहेर नेकपा एकीकृत समाजवादीले ६२ हजार ९ सय ११ मत पाएको छ भने नवौं स्थानमा रहेको नागरिक उन्मुक्ति पार्टीले ६१ हजार ७ सय ६० मत ल्याएको छ ।
दसौँ स्थानमा रहेर नेपाल मजदुर किसान पार्टीले ५६ हजार २ सय १४ समानुपातिक मत पाएको छ भने एघारौं स्थानमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ५१ हजार ५ सय ८ समानुपातिक मत ल्याएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !