आज बैशाख शुक्ल पूर्णिमा आज भगवना श्री बुद्धको २५६५ औँ जन्मजयन्ती देशभर मनाइँदै छ । भगवान बुद्धको जन्म, ज्ञान प्राप्ति, मुत्यु बैशाख शुक्ल पूर्णिमाकै तिथिमा भएकोले आजको दिनलाई बुद्ध धर्मावलम्बीहरुले श्रद्धा र भक्तिका साथ मनाउने गरेका छन् ।
कोरोना भाइरसको महामारीले गर्दा भएको लकडाउनले चैत्य, गुम्बा, विहार लगायतमा सीमित बौद्ध धर्मगुरु मात्र बसेर परम्परादेखि हुँदै आएको पूजा लगायत विधि मात्र पूरा गरिने छ । गएको वर्ष पनि लकडाउनका कारण चैत्य, गुम्बा, विहारलगायतमा निश्चित धर्मगुरुमात्र जम्मा भएर पूजा आराधना गरिएको थियो ।
लुम्बिनी, स्वयम्भू, बौद्ध लगायत ठाउँमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा थियो । सरकारले बुद्धजयन्तीका दिन देशभर सार्वजनिक बिदा दिँदै आएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !