काठमाडौं- नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल सवार कार दुर्घटनामा परेको छ। तुल्सिपुरको उद्योग वाणिज्य संघ नजिकै रा १ च ९५५ को स्कोरपियोले महासंघका अध्यक्ष विपुल पोख्रेल,दाङ जिल्ला अध्यक्ष दुर्गालाल केसी,उपाध्यक्ष सन्तोष सुवेदी र सल्लाहकार सुदीप गौतम सवार कारलाई ठक्कर दिएको हो ।
महासंघ अध्यक्ष पोखरेल, पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, उपाध्यक्ष सन्तोष सुवेदीलगायत सवार गाडीमा क्षति पुगे पनि सवार सबै यात्रु सुरक्षित रहेको समाचार प्राप्त भएको छ। ठक्करबाट कार क्षतिग्रस्त भएपनि कुनै मानविय क्षति भने नभएको बताईएको छ ।
अध्यक्ष पोखरेलले नै चलाएको कारलाई स्करपियो गाडीले ठक्कर दिएको हो। दुर्घटनामा कसैलाई चोटपटक नलागेको र आफूहरु गन्तव्यतर्फ लागेको अध्यक्ष पोखरेलले बताएका छन्।
आफ्नो प्रतिक्रिया दिनुहोस् !