काठमाण्डौ,जेठ १२ । नेपाली गीत संगीत क्षेत्रमा बिबिध प्रकारका गीत संगीतहरु सार्वजनिक भइ रहेका हुन्छन। यसै क्रममा प्रेम गुरुङको ‘शैलुर्बे ङोल्स्यो’ अर्थात शैलुङ्को सोल्टिनी बोल गरेको गुरुङ भाषाको गीत १२ जेष्ठ २०७८ बुद्ध जयन्तीको दिन र सोही दिन प्रेम गुरूङको पनि जन्म दिन भएकोले गीतलाई जन्मदिनको उत्साह मनाएर बिमोचन गर्ने तयारी भैरहदां नेपालमा Covid-19 को दोस्रो लहरले भयवह अवस्थामा पछि सारिएकाे छ ।
नेपालमा कोभिडका कारण धेरै मानिसहरूकाे मृत्यु भईरह्कोले वहाँले आफ्नो बिशेष दिन जन्मदिनलाई र गीत बिमोचना कार्यक्रमलाई स्थगित गरि नेपालमा अहिले COVID-19 पिडित प्रति आफ्नो सोही बिमोचना कार्यक्रम र जन्म दिनमा खर्चिने खर्च काठमाण्डाैंमा स्थित CWEAF Nepal नामक बाल आश्रमलाई Donation गरी दिएको छ र सोही दिन गीत मात्र Global Nepal Entertainment YouTube Channel बाट सार्बजनिक गरिने भएको छ।
मनोज गुरुङको आवाजमा रहेको गीतको भिडियो गुरुङ गीतकै इतिहासमा अमेरिकाको बिभिन्न शहरहरुमा र नेपालको सुन्दर गाउँ शैलुङ्ग लम्जुङ्मा छायांकन गरिएको छ। यस गीतमा तेजेन्द्र गुरुङको संगीत र एरेन्ज तथा शव्द अमेरिका निवासी कलाकार प्रेम गुरुङको रहेको छ। भिडियोमा चक्र पुलामी मगर र मणि कुमार राईको कोरियोग्राफी रहेको छ ।
ग्लोबल नेपाल इन्टरटेन्टमेन्टले निर्माण गरेको भिडियोमा प्रेम गुरुङ र उर्मिला गुरुङ फिचर्ड छन्। नेपालबाट अमेरिकामा गर्नु पर्ने दृश्यहरु ओनलाइन भरचुल्ली निर्देशन गरेका निर्देशक भुपेन्द्र गुरुङको गुरुङ भाषाको भिडियोको निर्देशन पहिलो रहेको छ। भिडियोलाइ शम्भु मोक्तानले अमेरिकामा र रबिन थापा मगरले नेपालमा छायाँकन गरेका छन्।
बन्दे प्रसादले सम्पादन गरेका छन् भने भिएफएक्स र कलर समिर मियाले गरेका छन् । भिडियोको प्रडक्शन संयोजक आश्रम गुरुङले सृन्गार शर्मिला गुरुङ सह निर्देशन उमेश थापा मगर रहेको भिडियोमा पोस्ट प्रोडक्शन मोसन स्टुडियोमा गरिएको हो। ग्लोबल नेपाल इन्टरटेन्टमेन्टको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिने भिडियोका निर्माता गोविन्द गुरुङ रहेको छ।
भिडियोः
आफ्नो प्रतिक्रिया दिनुहोस् !