कविहरुको अन्तरिष्ट्रय संस्था वर्ल्ड पोएट्री मुभमेन्ट (विश्व कविता आन्दोलन)ले एक विज्ञप्ती जारी गर्दै कोविड-१९को रोकथाममा विश्वका सरकारहरुको असफलतालाई गैरजवाफदेही शासन प्रणालीको विसङ्गतीको परिणाम बताएको छ । आन्दोलनका अन्तरिष्ट्रय समन्वय समितिका संयोजक अमेरिकी कवि ज्याक हर्षम्यानले संयुक्त राष्ट्र संघ, युनेस्को र विश्व स्वास्थ्य संगठन जस्ता संस्थाहरु अन्तरिष्ट्रय सरकारलाई समस्या समाधानका लागि परिचालन र समन्वय गराउन सक्षम नभएको बताएका छन् ।
समन्वय समितिका सदस्य कोलम्बियन कवि फर्नान्डो रेन्डनले यस्तो स्वास्थ्य विपद्का बेला कोलम्बो र प्यालेस्टायनमा भएका नरसंहारकारी दमन मानव सभ्यताको कलङ्क भएको बताका छन् । आन्दोलनका अन्तरिष्ट्रय समन्वय समितिका अर्का सदस्य नेपाली कवि केशव सिग्देलले धनि देशहरुले आफूलाई चाहिनेभन्दा बढि खोपको भण्डार गरेर विकाशशिल देशको पहुँचलाई सिमित गर्नु मानवता विरोधी अपराध भएको टिप्पणी गरे ।
आन्दोलनका तर्फबाट जारी विज्ञप्तीमा सबै देशका सरकारहरूलाई उच्चतम सहकार्य मार्फत् समस्याको सम्बोधन गर्न आव्हान गरिएको छ । कविता जहिले पनि मानव इतिहासमा अन्याय र असमानतामा बिरुद्द छ र निरंतर भइरहने आन्दोलनले उल्लेख गरेको छ । विज्ञप्तीको पूर्णपाठको नेपाली अनुवाद तल दिइएको छ ।
वर्ल्ड पोएट्री मुभमेन्ट (विश्व कविता आन्दोलन) विज्ञप्ती
हामी फेरी एक पटक कोविड-१९ नामक जीवित प्रकोपको कारणले एकदमै पिडादायी र मानव इतिहासको सबैभन्दा खराब समयबाट गुज्रीरहेका छौं । यो प्राकृतिक संकट जसले दशौँ हजार मानिसहरूको ज्यान लिइरहंदा यसको उन्मुलन त टाढाको विषय छ, यसले मानवता बिरोधी शासन प्रणालीको विसङ्गतीलाई उजागर गरिदिएको छ ।
तथ्यको आधारमा भन्नुपर्दा अरू सबैबस्तु जस्तै मानव स्वास्थ्य पनि किन्न र बेच्न सकिने वस्तु सरह भएको छ र यसका अवश्यम्भावी परिणामहरू यस अघिका धेरै ठुला प्रकोपहरू भन्दा अझ विनाशकारी रुपमा उत्पन्न भएका छन् ।
ति देशहरू जहाँका राज्यसंयन्त्र चरम पुंजिवादको चङ्गुलमा परेर यो महामारीलाई कमिसन र नाफा कमाउने मैकाको रुपमा प्रयोग गर्न तल्लिन छन्, त्यहाँ खोपको वितरणमा असक्षमता र असमानताहरू भयावह रुपमा देखापरेको छ । उनीहरु नागरिकलाई उपचार गर्ने विकल्पहरू पनि दिन क्रियाशिल छैनन् । केहि देशहरूले आफ्नो जनसंख्याको आवश्याकता भन्दा धेरै खोप उत्पादन गरेका छन् र अन्य धनी देशहरुले त्यसलाई सङ्ग्रह गरिरहेका छन् । तर विकासशिल देशहरू भने खोप उत्पादन र प्राप्ति गर्न नसकेर निराश देखिन्छन् । संयुक्त राष्ट्र संघ, युनेस्को र विश्व स्वास्थ्य संगठन जस्ता संस्थाको क्रियाशिलता यस्तै दिनहरूको लागि होइन र ? धनी देशहरू गरिब देशहरूलाई सहायता प्रदान गर्नका लागि कति लामो समयसम्म पर्खिनेछन् ? खोप प्राप्तिमा रहेको असमानता विज्ञान र मानव सभ्यताको विकासको अस्तिव विपरित होइन ?
हामी केहि अफ्रिकी र दक्षिण अमेरिकी देशहरू र विषेश गरि भारत लगायतका दक्षिण एसियाली देशहरूबाट आउने हृदय विदारक, न्याय र मानवता बिरोधी समाचारहरू प्रति पनि सचेत छौं ।
विश्व कविता आन्दोलनको तर्फबाट हामी सबै देशका सरकारहरूलाई उच्चतम सहकार्य मार्फत् समस्याको सम्बोधन गर्न आव्हान गर्दछौं । साथै सम्पूर्ण अन्तर्राष्ट्रिय संस्थाहरूलाई यो संकट बिरुद्द उनीहरूले पुरा गर्नुपर्ने जिम्मेवारी प्रति सचेत गराउँछौँ । सामाजिक वर्ग र देशको प्रवाह नगरी संसारको सबै कुनाबाट यो सङ्कट बिरुद्द एकिकृत रुपमा लड्ने अवसरको सृजना गर्न आग्रह गर्दछौं ।
विश्व कबिता आन्दोलन र यसका सबै सदस्यहरु यो संघर्षमा आफ्नो भूमिका निर्वाह गर्न सङ्कल्पित छन्। कविता जहिले पनि मानव इतिहासमा अन्याय र असमानतामा बिरुद्द छ र निरंतर भइरहनेछ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !