काठमाडौं । बलात्कार आरोपी सिद्धबाबा कृष्ण गिरीलाई ‘बलात्कारी’ भनेपछि रोशनी शाहीलाई पक्राउ गरिएको छ । पशुपतिनाथ मन्दिरमा चलिरहेको ‘अतिरुद्र महायज्ञ’मा पुगेकी उनले जगतगुरु श्रीरामनन्दाचार्यलाई ‘बलात्कारी’ भनेपछि विवाद भएको हो ।
तत्कालीन सभामुख कृष्णबहादुर महराविरुद्ध बलात्कार आरोप लगाएकी शाहीको महायज्ञभित्रै चर्को विरोध भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । हाल उनलाई महानगरीय प्रहरी वृत्त, गौशालामा राखिएको छ । महायज्ञका प्रमुखवाचक गिरीविरुद्ध २०७६ कात्तिकमा एक जना महिला भक्तजनले बलात्कार आरोप लगाएकी थिइन् । हाल उनको मुद्दा सुनसरी जिल्ला अदालतमा विचाराधीन छ । उनकै आयोजनामा एक सातादेखि पशुपतिमा महायज्ञ चलिरहेको छ ।
मन्त्री शशी श्रेष्ठले गरिन् ‘कीर्ते’ नियुक्ति
काठमाडौँ- भूमि व्यवस्था तथा सहकारी मन्त्री शशी श्रेष्ठले कीर्ते काम गरेकी छन् । भूमिसुधार मन्त्रालयअन्तर्गत रहेको साझा स्वास्थ्य सेवा सहकारीको सञ्चालक समिति सदस्यमा आफ्नै नन्द पर्ने उर्मिला पोखरेललाई मन्त्रीस्तरीय निर्णयमा नियुक्त गरेकी हुन् ।
सरकारी सेवाबाट दुई वर्षअघि मात्र सेवा अवकाश पाएकी उर्मिला पोखरेललाई मन्त्री श्रेष्ठले सहोदर दाइ श्याम श्रेष्ठ सल्लाहकार रहेको विकल्प सहकारी संस्थाबाट नक्कली अनुभव पत्र बनाउन लगाई नियुक्त गरेकी हुन् ।
मन्त्री श्रेष्ठले यसअघि पनि नक्कली प्रमाणपत्र भएका माधवप्रसाद तिमिल्सिनालाई सहकारी बोर्डको सदस्यमा नियुक्ति गरेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छानबिन गरी मुद्दा चलाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !