काठमाण्डौं । ‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुँद छ, लाखौँको लागि उजाड छ यो देश, मुठीभरलाई त स्वर्ग छ’, ‘आमा दिदीबहिनी हो, छोराहरू हो छोरीहरु हो,’ ‘आँधी खोलैले मलाई रोइरहने बनायो साउको जालैले’ जस्ता दर्जनौं जनवादी गीतका गायक जेबी टुहुरे अर्थात् जुठबहादुर खड्गी अब रहेनन् । ७८ वर्षको उमेरमा उपचारका क्रममा उनको बिहीबार बल्खुस्थित बयोधा हस्पिटलमा निधन भएको हो ।
एक साताअघि ब्रेन स्ट्रो’क भएपछि उनलाई उपचारका लागि हस्पिटल भर्ना गरिएको थियो । टुहुरे मुटु, फोक्सो, मधुमेह र उ’च्च र’क्त’चापका विरामी थिए । २०२४ सालदेखि सांगीतिक क्षेत्रमा प्रवेश गरेका टुहुरेले एक सय ५० भन्दा बढी गीत रेकर्ड गराएका छन् । उनी दोस्रो संविधानसभामा तत्कालीन एनेकपा माओवादीबाट समानुपातिक सभासदसमेत बनेका थिए । २०७५ सालमा उनको नाममा जेबी टुहुरे फाउण्डेसन स्थापना गरिएको छ ।
जेबी टुहुरे पञ्चायतकालीन समयमा जनवादी गायकका रूपमा परिचित थिए । उनले गाएका गीत पञ्चायती कालरात्रिविरु’द्ध आन्दोलनको आवाज बन्यो, राज्यबाट शो’षित र उ’पेक्षित किसान र मजदुरको आवाज बन्यो । उनी आफ्ना गीतमा असमानताले थिचिएका विपन्नको आवाज बनाउँथे । त्यसैले पनि सबैले उनलाई मन पराएका हुन् ।
नेपाली समाजलाई उचनिचको व्यवहारबाट दोस्रो दर्जामा पारिएका महिलालाई वि’द्रो’हको झ’ण्डा बोक्न प्रेरित गर्ने वरिष्ठ जनगायक जेबी टुहुरेको निधनबाट नेपालको साङ्गीतिक क्षेत्रमा अपुरणीय क्षति भएको छ । खास नाम जुठबहादुर खड्गी भए पनि नेपालीले उहाँलाई जेबी टुहुरे भनेर नै चिने ।
जनताको गीत गाउने गायकको खास परिचय बनाउनुभएका उनको उपचारको क्रममा निधन भएको हो । केही दिन पहिले आफ्नै घरमा ल’ड्नु’भएका टुहुरेको बल्खुस्थित बयोधा अस्पतालमा निधन भएको हो । टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)का उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिएका छन् ।
उपचारमा संलग्न चिकित्सकले उनलाई स्ट्रो’क भएको बताए । उनलाई सिसीयूमा राखेर उपचार गराइएको थियो । विसं २०२४ देखि निरन्तर जनताको गीत गाउँदै आएका टुहरेको अधिकांश गीत लोकप्रिय छन् । टुहुरेको ‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुँदो छ, लाखौँका लागि उजाड छ यो देश मुठ्ठीभरिलाई त स्वर्ग छ’ भन्ने गीत पनि उत्तिकै चर्चित छ ।
विसं २०२८ देखि सुरु भएको झापा वि’द्रो’ह र त्यसपछि सिर्जना भएको राजनीतिक अवस्थाले धेरैजसो नेता, कार्यकर्ता विस्थापित भए । टुहुरे भने त्यतै गाउँगाउँमा गीत गाउँदै लुकीलुकी हिंडे। उनि त्यतिबेला कोशी प्रान्तीय परिषद्मा सङ्गठित थिए । पञ्चायतकालका आफ्ना अधिकारको कुरा गर्नु नै अ’पराधज’स्तो ठानिन्थ्यो । त्यसै बेला गीत गाएर मानिसको अधिकारको कुरा गर्नु कति जो’खि’पूर्ण थियो होला ? उनले सुनाएका थिए । धरानको सैनिक भवनमा विसं २०३३ मा पहिलोपटक ‘आमा दिदीबहिनी हो’ भन्ने गीत गाएको उहाँले सुनाउनुभएको थियो । त्यसपछि यो गीत कतिपटक गाएँ भन्ने आफैँलाई हेक्का छैन ।
सुनसरीको धरानका स्थायी बासिन्दा रहनुभएका टुहरेलाई नेकपा (माओवादी केन्द्र)ले दोस्रो संविधानसभामा समानुपातिक प्रणालीअन्तर्गत संविधानसभा सदस्य बनाएको थियो । संविधानसभामा पनि उनले आफ्नै लोकशैलीमा धारणा राख्ने गर्थे ।
उनको पार्थीव शरीरलाई आज साढे २ बजेसम्म पेरिसडाँडामा श्रद्धाञ्जलिका लागि राखिएको थियो । त्यसपछि उनको पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कारको तयारी गरिएको छ । झण्डै आधा शताब्दीभन्दा बढी नेपाली जनवादी गीत–सङ्गीगतमार्फत जनताको बीचमा मुक्ति, स्वतन्त्रता र परिवर्तनको शङ्खनाद गर्ने वरिष्ठ जनगायक टुहुरेको निधनप्रति सामाजिक सञ्जालमा दुःख व्यक्त गरिएको छ ।
टुहुरे नेपाली वाम–लोकतान्त्रिक आन्दोलनका एक अथक, पुराना र अत्यन्तै निष्ठावान् व्यक्तित्व थिए । विसं २००१ कात्तिक १५ गते पूर्वी नेपालको धरानमा जन्मनुभएका टुहुरेले विसं २०२४ देखि जनताको गीत गाउन थालेका थिए । विसं २०२५ बाट पूर्व कोशी प्रान्तीय कमिटीमार्फत कम्युनिष्ट पार्टीको सदस्यता लिएका टुहुरेले आफ्नो सिङ्गो जीवन कम्युनिष्ट आन्दोलनमा बिताए । टुहुरेले गीत–सङ्गीतका माध्यमबाट तत्कालीन पञ्चायती कालरात्रिका विरु’द्ध जनतालाई जागृत र पछिल्लो लोकतान्त्रिक गणतन्त्र प्राप्तिको आन्दोलनमा समेत अग्रभागमा रहि उल्लेखनीय योगदान पुर्याएका थिए ।
टुहुरे विसं २०५२ देखि २०५९ सम्म राष्ट्रिय जनसांस्कृतिक मञ्चको अध्यक्ष, सांस्कृतिक संस्थानको अध्यक्ष हुँदै २०७० मा तत्कालीन माओवादीबाट संविधानसभाको सदस्य बनेका थिएे । त्यसबखत उनले व्यवस्थापिका संसद्को श्रम तथा अन्तर्राष्ट्रिय समितिको सभापतिको जिम्मेवारीसमेत निर्वाह गरेका थिए । त्यसयता टुहुरे लगातार नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सल्लाहकारको जिम्मेवारीमा थिए । टुहुरेका श्रीमती, एक छोरा र चार छोरी छन् ।
सरल र सहज स्वभावका टुहुरे सधैं सत्ताका वि’रोधी रहे । सत्तामा पुगेपछि आफ्नै साथीहरू पनि परिवर्तन हुने उनको भनाइ थियो । उनले दिएका धेरै अन्तर्वार्तामा यस्ता कुरा आउँथे । तत्कालीन नेकपा मालेका महासचिव मदन भण्डारीसँग टुहुरे धेरै नजिक थिए । ०४६ को परिवर्तनपछि पनि टुहुरे मदनको निवासमा गइरहन्थे । मदनले उनका गित मन पराउने भएकै कारण बेलाबेलामा निवासमा नै बोलाएर उनका गित निकै सुन्ने गर्थे त्यति मात्रै होइन उनले टुहुरेलाइ निकै माया र यस्तै गित गाउँन प्रेरित गर्ने गर्थे ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !