हरिनास मानन्धर सांस्कृतिक संरक्षण समितिको आयोजना र धम्म ह्विवल फाउण्डेशनको संयोजनमा मिति २०७९ कार्तिक ०८ गते, साल्डाडामा म्ह पूजा तथा नेपाल संवत विशेष अन्तर्किया कार्यक्रम सम्पन्न भयो ।
नेवार जातिको पहिचान म्ह पूजा र नेपालको आफ्नो मौलित संवत नेपाल संवतको बारेमा सम्पुर्ण त्यहाका मानन्धर समुदायलाई प्रष्ट पार्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको कार्यक्रम आयोजक समितिका अध्यक्ष श्री ठाकुर प्रसाद मानन्धर बताउनु हुन्छ ।
हरिनास गाउॅपालिकाका अध्यक्ष खिम नारायण मानन्धरको प्रमुख अतिथ्यमा सम्पन्न यस कार्यक्रमको सभापति हरिनास-१, साल्डाडाका समाजसेवी ज्योति प्रसाद मानन्धरले गर्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य राख्ने क्रममा संस्थाका कोषाध्यक्ष राम माया मल्ल मानन्धरले यी दुवै पर्व नेवार जातीको पहिचानको रुपमा रहेका ले सबैले यी पर्वलाई व्यवहारिक र वैज्ञानिक ता आदिको महत्वबोध गरि मनाउन सकिए यसको लोकप्रियता अझै बढ्ने बताईन ।
यस अन्तरक्रिया कार्यक्रमको प्रस्तोताका रुपमा सहभागि हुनु भएका संस्कृति तथा ईतिहासविद बसन्त महर्जनले म्ह पूजाको महत्व एंव यसको विविधताका बारेमा प्रष्ट पार्नु भयो । नेवार जातिले मात्रै मनाउने यस पर्व तथा पूजाको आफ्नै मौलिकता रहेको र हाम्रा पूर्खाहरु ले कति वैज्ञानिक तवरको जीवन शैली अपनाउदै आईरहेको र हामी लाई आफ्नो शरीर नै सबै थोक हो ।
शरीर स्वस्थ्य र राम्रो भयो भने आफुले भने अनुरुपको कार्य, समाजसेवा आदि गर्न सक्दछौ । म्ह पूजाले यसको महत्वबोध गराउने आदि बिषयमा सरल र सहज भाषामा आफ्ना कुराहरु राख्नु भयो । एंव नेपाल संवतको बारेमा बोल्दै यो नेपालको एक मात्र मौलिक संवत हो यसलाई चलन चल्तिमा ल्याउन सके यो केवल नेवारहरुको मात्र हो भन्ने भम्र हट्ने र सबैको चासो बढ्ने कुरा राख्नु भयो ।
सहभागीहरुबाट सोधिएको प्रश्नलाई प्रष्ट्याउदै ठाऊ तथा पिढीको अन्तरमा म्हः पूजा मनाईने प्रकियामा केहि फरकपना पाईने तथा केहि नयाँ कुराहरु थपिईनु स्वभाविक भएको पनि बताउनु भयो । यस ठॅाऊमा पहिलो पटक यस खालको कार्यक्रम राखिएको भएता पनि सहभागीहरुले उठाएको प्रश्नले आफू खुशी भएको कुरा बताउनु भयो ।
कार्यक्रममा बोल्ने क्रममा हरिनास मानन्धर सांस्कृतिक संरक्षण समितिका उपाध्यक्ष अर्जुन मानन्धरले केवल नारा र बोलीमा मात्र सिमित नगरी व्यवहारिक रुपमा मनाउनु पर्ने यी हाम्रा पहिचानका पर्वहरुलाई सामुहिक रुपमा मनाउन जोड दिनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि हरिनास गाऊॅपालिकाका अध्यक्ष खिम नारायण मानन्धरले तपाईहरु कै सेवा र गौरवका लागि तपाईहरु कै कृतज्ञाले म यस ठाऊमा छु, पछि के थाहा हाम्रा समुदायका मानिस यस नेतृत्वदायी भूमिकामा आऊलान नआऊलान त्यसैले म मेरो समुदायको हकहित तथा संस्कार, सस्कृति संरक्षण र उत्थानका लागि राज्यले गर्ने सहयोगको कुनै किस्सा बाकी नराखी गर्न सदैव तत्पर छु । त्यसैले तपाईहरु आफ्नो समुदायको लागि के गर्दा राम्रो हुन्छ सोच्नुस मात्र काम र सहयोगको लागि म सदैव तयार छु ।
मेरो काम अबका हाम्रा सम्पुर्ण मानन्धर समुदायका सन्नतिहरु ले हामीलाई सम्झन योग्य उदाहरणिय कार्य गर्ने नै रहेको छ त्यसको लागि तपाईहरु योजना लिएर अगाडि बढनोस भनेर आफ्ना कुराहरु राख्नु भयो । यस अन्तरक्रिया कार्यक्रमले आफ्ना म्ह पूजा तथा नेपाल संवतका बारेमा रहेका धेरै जिज्ञासा मेटाउन सफल भएकोमा कार्यक्रम प्रस्तोता बसन्त महर्जन ज्युलाई धन्यवाद व्यक्त गर्नु भयो ।
कार्यक्रमको समापन गर्ने क्रममा कार्यक्रमको सभापतित्व गर्नु भएका समाजसेवि ज्योति प्रसाद मानन्धरले सबैलाई धन्यवाद दिदै पालिका अध्यक्षको अभिव्यक्तिले समग्र मानन्धर समुदायको सांस्कृतिक, सामाजिक विकास र उन्नतिका लागि प्रेरणा प्रदान गर्ने कुरा बताउदै सबै कुरा छाडेर हिजोका गल्तिहरुलाई बिर्सदै अबका पूर्खाले लिएर आएका विर्तालाई मौलिक रुपमा पुनः जागृत गरि अब आउने सन्ततिका माझ गर्व गर्ने लायकको कार्य गर्न सबै लाग्नु पर्ने कुरा बताउनु भयो ।
कार्यक्रमको संचालन साल्डाडा मानन्धर गुठीका सचिव सुरज मानन्धरले गर्नु भएको थियो ।
केहि तस्विरहरूः
आफ्नो प्रतिक्रिया दिनुहोस् !