काठमाडौ । विवादित रहेको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को एक पक्षले फेरी महाधिवेशनको घोषणा गरेपछि थप विवाद चुलिएको छ । एनआरएनको अर्को पक्षले करिब एक साता अघि महाधिवेशन सम्पन्न गरेर नयाँ कार्यसमिति पनि चयन गरिसकेको छ । शनिवार कुमार पन्त अध्यक्ष रहेको गैर आवासिय नेपाली संघले महाधिवेशनको घोषणा गरेको हो ।
दुई पक्षिय विवाद रहेकै बेला परराष्ट्र मन्त्रालयले संस्थागत विवाद समाधान गरि दशौं महाधिवेशन मिलेर सम्पन्न गर्नु भन्ने आशयको पत्र पठाएको थियो । चैत ८ गते मन्त्रालयले बोधार्थ सम्बोधन गरी पठाएको पत्रका आधारमा शेष घले संरक्षक रहेको परिषद्ले १० औं महाधिवेशन सम्पन्न गरेको थियो । चैत ९ गते संरक्षक परिसद्ले आयोजना गरेको महाधिवेशनमा पन्त नेतृत्वमा रहेको असन्तुष्ट समुह सहभागी भएन ।
बैधानिक समिति हुदाहुदै अवैधानिक अधिवेशन गर्दै निर्वाचन गराउन लागेको र सरकार प्रमुखहरू नै उक्त विवादित् कार्यक्रममा उपस्थित हुनै लाग्दा विभिन्न खाले शँकाउपशँकाहरू समेत उब्जिएको छ । सबै पक्षसँग सम्बाद नगरि काम चलाउ समितिले यसरी अधिवेशन गर्ने र निर्वाचन समेत गराउन तम्तैयार रहेपछि कतै एनआरएनए सँस्था नै राजनैतिक दलहरूको भातृ सँगठन बन्न लागेको आँकलन गरिएको छ ।
भिडियो हेर्नुहाेस्ः
प्रेस विज्ञप्ती
मिति २०७८ चैत १२
आदरणीय पत्रकार साथीहरु, प्रवासी नेपालीहरूको नाम र इज्जत बोकेको संस्था हो गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) । तर केही ब्यक्तिहरुको ब्यक्तिगत स्वार्थका कारण यो संस्थाको साख खस्कदै गएको प्रति हामी चिन्तित भएका छौं । विशुद्ध प्रवासी नेपालीहरुको सहयोग र भरोसाका लागि संचालित यो संस्थामा अहिले राजनीति घुस्दै गएको र यसले संस्थाको गरिमालाई कमजोर बनाउँदै जान थालेको तर्फ हाम्रो ध्यानाकर्षण भएको छ ।
परराष्ट्र मन्त्रालयले दिएको परामर्श र पत्रका आधारमा संघको महाधिवेशन सम्पन्न भइसकेको छ । तर अनावश्यक राजनीतिक स्वार्थ पुरा हुने अवस्था नदेखिएपछि चैत ९ गते सम्पन्न १० औं महाधिवेशनमा सहभागी नभएकाहरुले अवैधानिक रुपमा फेरी अर्को महाधिवेशनको आयोजना गरेको छ । संघको विधान र कानुन विपरित गरिएको त्यो महाधिवेशन प्रति हाम्रो असहमति छ ।
चैत ९ गते महाधिवेशनवाट निर्वाचित विनोद कुँवर अध्यक्ष रहेको १२ सदस्यीय कार्यसमिति बैधानिक समित हो । परराष्ट्र मन्त्रालयले सहजकर्ताको भूमिका निभाई संघको विवाद सल्टाएर चुनाव गराउन अध्यक्ष पन्त र कार्यसमितिलाई समय दिएको थियो । तर गत अक्टोबर महीनामा बसेको आईसीसीको ८०औं बैठकमा अध्यक्ष पन्तले ३० नोभेम्बरभित्र चुनाव गराउन प्रस्ताव राखेका थिए। उनले दुई, तीन दिन भित्र एक समिति गठन गरी निर्वाचनको मिति तोक्ने बताएको भए पनि त्यस्तो समिति गठन भएको घोषणा गरिएन । न त कुनै ।।।टर्म् स अफ रिफरेन्स’ नै दिइयो। तर उक्त समितिले सहमतिको खाका तयार गरेको भन्दै परराष्ट्रलाई एक रिपोर्ट बुझाएको र सोही अनुसार महाधिवेशनको तयारी गर्ने बताइएको थियो ।
यसअघि संघकै अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय (आईईएस) ले महाधिवेशन र चुनाव गराउन संरक्षक परिषदलाई जिम्मा दिने भनी गरेको निर्णय संघकै केही पदाधिकारीहरूको दबाबमा उल्टाइयो । त्यसपछि सबै पक्षसँग संवाद र छलफल नगरी कामचलाउ बनिसकेको कार्यसमितिले मनखुशी निर्णय लिनु नै विवादको चुरो हो ।
अहिले सोही काम चलाउ बनिसकेको पन्त समुहले महाधिवेशनको घोषणा गरी उद्घाटन पनि गरिसकेको छ । लामो समय सम्म विवाद देखिएको एनआरएनको विवाद समाधान गर्न भूमिका निभाउनुपर्ने सरकार पक्षका केही नेताहरुनै यसलाई थप विवादित बनाउने तर्फ सक्रिय भएको देखिएको छ । गैर आवासिय नेपालीहरुको साझा संस्था यो संघलाई हामी राजनीति प्रभाववाट मुक्त बनाउन चाहन्छौं । विधान सम्बत
भएको महाधिवेशनलाई मान्यता दिँदै राजनीतिक हस्तक्षेपवाट मुक्त गर्न हामी आग्रह गर्द छौं ।
भक्त (BOB)वहादुर भण्डारी
एनआरएनए सदस्य (अमेरिका)
प्रेस बज्ञप्ति जस्ताकाे तस्तै
आफ्नो प्रतिक्रिया दिनुहोस् !