स्याङ्जा । स्याङ्जाको कुल परिवार संख्याको २५ प्रतिशत घर जग्गामा महिलाको स्वामित्व रहेको पाईएको छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लाको कुल परिवार संख्या मध्ये २५ प्रतिशत महिलाको घर जग्गामा स्वामित्व रहेको पाईएको हो । स्याङ्जाको परिवार सख्ंया ६८ हजार ९ सय ५९ रहेकोमा १७ हजार ६ सय ३१ महिलाको सम्पत्तिमा स्वामित्व रहेको छ ।
जिल्लाको कुल जनसंख्या २ लाख ५३ हजार मध्ये ५३ दशमलब ९ प्रतिशत अर्थात १ लाख ३६ हजार बढी महिला छन् भने १ लाख १६ हजार पुरुष छन् ।
जिल्लामा ६० हजार ८ सय परिवार आफ्नै घरमा बसोबास गर्ने गरेका छन् भने ७ हजार १ सय ५९ परिवार भाडामा बस्दै आएको तथ्याङ्कमा उल्लेख छ ।
तथ्याङ्क अनुसार माटोको घरमा ४४ हजार ३ सय ६० परिवार बसोबास गरेका छन भने ढुङ्गा र ईट्टाको घरमा १४ हजार ४ सय १७ र सिमेन्ट ढलानको घरमा ९ हजार ८ सय १४ परिवार बस्दै आएका छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !