कोरोना महामारीले विश्व आक्रान्त छ । दिनमै हजारौं जनाले ज्या न गु मा इर हेका छन् । कोरोना नियन्त्रणको अग्रभागमा खटिने जनशक्ति ज्यानको बाजी लगाएर ल डि रहेकाछन् । भारतको छत्तिसगढ स्थित कबिरधाम जिल्लामा एक गर्भवती नर्स जसले अन्तिम समयसम्म सेवामा खटिँदा खटिँदै बच्चाको जन्म दिएर आफू कोरोनाको कारण ज्या न ग मा एकी छिन् । उनी आफ्नौ नौ महिनाको गर्भ सहित विरामीको सेवामा खटिइरहेकी थिइन् ।
प्रभा नामकी उनी स्थानीय एक प्राथमिक स्वास्थ्य केन्द्रको कोभिड वार्डका काम गर्दै आएकी थिइन् । हस्पिटल नजिक कोठमा बसेर हस्पिट आउने जाने गर्ने उनलाई प्र सव पी डा भएसँगै अस्पतालमा भर्ना गरियो । अपरेशन गरेर एक छोरी जन्माइन् । अप्रिल ३० मा बच्चाको जन्म दिएकी उनका जटिल कोरोना संक्रमण देखिएसँगै अस्पतालमा उपचार गर्दागर्दै गत मे २१ म ज्या न गु मा इन् । एजेन्सी
यो पनि: सङ्क्रमणदरमा केहि कमी
काठमाडौँ महानगरपालिकामा कोभिड–१९ को सङ्क्रमण दरमा केही कमी आएको छ । अघिल्लो हप्ता महानगरले परीक्षण गरिएकामध्ये ७० प्रतिशतमाा सङ्क्रमण पुष्टि भएको जनाएको थियो । अहिले पाँच प्रतिशत सङ्क्रमणदर घटेर ६५ मा आएको जनाइएको छ ।
अघिल्ला हप्ताहरुमा अत्यधिकरूपमा कोरोना सङ्क्रमित बढेपछि महानगरले गत शनिबादेखि स्वाब सङ्कलनका लागि पाँचवटा केन्द्र बढाएर हरेक दिन १६ वटा स्थल तोकेर परीक्षणलाई तीव्र बनाएको छ । अहिले महानगरका ३२ वडाबाट मात्रै अहिले हरेक दिन ६०० जनाको परीक्षण हुने गरेको छ ।
महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका ल्याब टेक्निसियन राधिका कुँइकेलका अनुसार परीक्षणका लागि आवश्यकताअनुरूप टोली तयारी अवस्थामा रहेको छ । “कोरोनाको शङ्का देखिएका र वडाले खटाएअनुसार अहिले परीक्षणको कामलाई व्यापक बनाइएको छ, जसले गर्दा अघिल्लो हप्ताको तुलनामा केही कमी आएको छ”, उहाँले भन्नुभयो ।
परीक्षण मात्रै होइन परीक्षणका क्रममा समस्या बढी भएका बिरामीका लागि एम्बुलेन्समा राखी अस्पतालसम्म लाने र ल्याउने व्यवस्थासम्म महानगरले नै गर्दै आएको छ । यसका लागि पनि नागरिकले पैसा तिर्नु पर्दैन । यसरी कोरोना पोजेटिभ भएका बिरामीका लागि एम्बुलेन्ससँग महानगरले तीन हप्ताअघि नै सम्झौता गरिसकेको छ । महानगरका सात स्थानबाट नागरिकले सेवा प्राप्त गर्न सक्नेछन् ।
कोरोनाका बिरामीले मात्रै होइन अन्य दीर्घरोग भएका कसैलाई अस्पतालसम्म जान र अस्पतालबाट घर आउन परेमा पनि महानगरपालिकाले निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । त्यसका लागि आवश्यक पर्ने जोकोहीले ११८० हटलाइन नम्बरमा सम्पर्क गर्नुपर्ने छ ।
हालसम्म महानगरपालिकामा ५९ हजार ४४५ कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । तीमध्ये ४७ हजार ९९७ निको भएको जनाइएको छ । हाल ११ हजार ४३ सक्रिय सङ्क्रमित छन् । सबैभन्दा बढी वडा नं ३२ मा पाँच हजार ५४१, वडा नं १६ पाँच हजार ३५२ रहेको छ भने सबैभन्दा कम वडा नं १८ मा २५२ जनामा कोरोना पुष्टि भएको छ । कोरोना सङ्क्रमणकै कारण हालसम्ममा ४०५ ले ज्यान गुमाएका छन् ।
महानगरमा हाल रहेका सङ्क्रमितमध्ये १० हजार ३६८ होम आइसोलेशनमा छन् भने १२८ जना संस्थागत आइसोलेशनमा र ५४६ ले अस्पतालमा उपचार गराइरहेका छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !