काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभामा समानुपातिकतर्फको मत गणना जारी छ । अहिलेसम्म नेकपा (एमाले) को अग्रता कायमै छ ।
निर्वाचन आयोगको तथ्यांकअनुसार एमालेले प्रतिनिधि सभातर्फ २२ लाख ७३ हजार बढी मत प्राप्त गरेको छ । २१ लाख ६९ हजार मतसहित नेपाली कांग्रेस दोस्रो स्थानमा रहँदा नेकपा (माओवादी केन्द्र) ९ लाख ५१ हजारभन्दा बढी मत ल्याएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख १५ हजार, राप्रपा ४ लाख ८३ हजार, जसपा २ लाख ७३ हजार तथा नेकपा (एकीकृत समाजवादी) ले २ लाख १४ हजार बढी मत ल्याएका छन् ।
प्रदेशसभातर्फको समानुपातिक मतमा पनि एमालेले नै अग्रता लिएको छ । मुलुकका सातप्रदेश मध्ये ६ प्रदेशमा एमालेको मत बढी छ भने मधेश प्रदेशमा कांग्रेस अगाडि छ ।
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा ६१ प्रतिशत मतदान भएको निर्वाचन आयोगको प्रारम्भिक अनुमानअनुसार समानुपातिक प्रणालीमा दलहरूले सिट पाउनका लागि तीन लाख २० हजारभन्दा बढी मत ल्याउनुपर्ने छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !