काठमाण्डौं । १०औं विश्व सम्मेलनसम्म आइपुग्दा गैरआवासीय नेपाली संघ (एनआरएनए) तत्कालीन राजनैतिक पार्टी जस्तो बनेको छ ।
राप्रपामा तीन जना अध्यक्ष बनाएर पालैपालो नेतृत्व गर्ने सहमति बनेको थियो । पछि कुरा नमिलेपछि राप्रपा विभाजन भएको थियो । पदको लोभका कारण राप्रपाको जस्तै अवस्थामा एनआएनए पुगेको छ । एनआरएनएमा पदका लागि कुन हदसम्म जाँदा रहेछन् भन्ने कुरा स्पष्ट भएको छ ।
आइतबार सम्पन्न १०औं विश्व सम्मेलनबाट कुल आचार्य, बद्री केसी र रविना थापा अध्यक्षमा निर्वाचित भएको घोषणा गरिएको छ । घोषणासभामा निवर्तमान अध्यक्ष कुमार पन्तले निर्वाचित तीनै जना अध्यक्ष कार्यकारी भएको बताएका छन् । पहिलो बैठकको अध्यक्षता तीन जना अध्यक्षले गर्नेछन् । त्यसपछि पहिलो ६ महिना कुल आचार्यले, दोस्रो ६ महिने कार्यकाल रविना थापा र बाँकी कार्यकालको अध्यक्षता बद्री केसीले गर्नेछन् ।
अध्यक्षमण्डलका अध्यक्ष उपेन्द्र महतो नेतृत्वको कार्यदलले सहमतिमै एनआरएनएको नेतृत्वसहित पदाधिकारीको घोषणा गरेको छ । एनआरएनएको विवाद समाधानका लागि विधान संशोधन गरेर ३ जना अध्यक्षसहित पदाधिकारी घोषणा गरिएको छ । पूर्वअध्यक्ष शेष घले नेतृत्वमा पनि एनआरएनए अस्तित्वमा रहेको छ । घले समूहले यसअघि नै काठमाडौंमा विश्व सम्मेलन गरेर विनोद कुँवरलाई अध्यक्ष बनाएको छ ।
उपाध्यक्ष ११ जना बनेका छन् । जसमा भूषण घिमिरे, डिबी क्षेत्री, डा.हेमराज शर्मा, धर्मराज अधिकारी, दुर्गा आचार्य, गोविन्द्र श्रेष्ठ, जय प्रकाश गुरुङ, महेश श्रेष्ठ, नारायण आचार्य, आरके शर्मा र नरेन्द्र भाट चयन भएका छन् । महिला उपाध्यक्षमा विष्णुमाया परियार र याश्मिन बेगम चयन भएका छन् । युवा उपाध्यक्षमा राज रेग्मी, रोशन थापा र हिमाल गुरुङ चयन भएका छन् ।
महासचिवमा गौरीराज जोशी र केशव पौडेल निर्वाचित भएका छन् । उप–महासचिवमा गणेश केसी, देवी बस्नेत, नराायण काफ्ले, ओम गुरुङ, रामशरण सिम्खडा र विनय अधिकारी सर्वसम्मत निर्वाचित भएका छन् ।
सचिवमा १० जना निर्वाचित भएका छन् । चिरञ्जिवी घिमिरे, गंगाधर गौतम, खगेन्द्र न्यौपाने, प्रवीण गुरुङ, शंकर खड्का, अभिमानसिंह बस्नेत, प्रमेद सिटौला, गोविन्द गौतम, होम पाण्डे र राजन त्रिपाठी चयन भएका छन् । महिला सचिवमा डा.अलिनी पोखरेल र टीका गुरुङ निर्वाचित भएका छन् । कोषाध्यक्षमा सुनिल शाह, लोक दाहाल र फणिन्द्र पन्त चयन भएका छन् ।
सह–कोषाध्यक्षमा कृष्ण तिमिल्सिना, होम तिमिल्सिना र दीपक शर्मा चयन भएका छन् । लाल केसी र मिलन छन्त्याल पनि कोषाध्यक्ष बनेका छन् । नारायण सुवेदी, टंक गैरे, यज्ञ सुवेदी पनि सह–कोषाध्यक्ष चयन भएका छन् । महिला कोषाध्यक्षमा अमृता थापा, यमुना भट्टराई र योगिता थापा चयन हुँदा युवा संयोजकमा अब्दिुल बसिद र रविन्द्र खड्का चयन भएका छन् ।
महिला संयोजकमा विमला सापकोटा र संगीता मरहठ्ठा बनेका छन् । क्षेत्रीय संयोजक उप–संयोजक पनि चयन गरिएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !