एजेन्सी । बिरालोको कारणले गर्भवती भएको भन्दा तपाईलाई पनि अचम्म लाग्यो होला । हामीलाई पनि यो कुरा एक ब्यक्तिले सामाजिक सञ्जालमा भनेको देख्दा अचम्म लाग्यो । घरमा पालेको बिरालोका कारण आफ्नो श्रीमती गर्भवती भएको भन्दै एक पुरुषले सामाजिक सञ्जालमा दिएको अभिब्यक्ति अहिले भाइरल भएको छ ।
एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएको समाचार अनुसार उनको घरमा पालेको बिरालोले गरेको एक हर्कतका कारण श्रीमती गर्भवती भएकी हुन् । तर यसमा कुनै नकारात्मक कुरा भने नसोच्नुहोला । ति पुरुषका अनुसार बिरालोले कण्डममा प्वाल पारिदिएको कारणले उनीहरुको सन्तान नजन्माउने योजना विग्रिएको हो ।
प्वाल परेको कण्डम प्रयोग गर्दा श्रीमती गर्भवती बनेको ति व्यक्तिले बताएका छन् । उक्त व्यक्तिले आफू एक बच्चाको पिता भएको बताएका छन् । उनीहरुले लकडाउनमा बच्चा जन्माउने कुनै योजना बनाएका थिएनन् । तर बिरालोले क’ण्डममा प्वाल पारिदिएपछि श्रीमती गर्भवती भएको बताएका हुन् । बाथरुममा राखेको क’ण्डम प्वाल पारिदिएपछि गर्भ बसेको उनको भनाई छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !