काठमाडौ । लुम्बिनी प्रदेशकी उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डे गम्भीर बिरामी भएर अस्पताल भर्ना भएकी छन् । ३८ वर्षीया पाण्डेलाई उपचारमा खर्चको अभाव समेत देखिएको छ । कोभिडको खोप लगाएपछि मन्त्री पाढडेलाई स्वास्थ्य समस्या देखिएको हो । उनका दुवै खुट्टा नचल्ने र शिथिल भएका छन् । शिथिल हुनेक्रम बढेर अहिले कम्मरसम्म पुगेको छ ।
आइतवार देखि उनको स्वास्थ्यमा धेरै समस्या भएपछि अस्पताल भर्ना गरिएको हो । सुरुमा रुपन्देहीको भैरहवामा रहेको भीम अस्पतालबाट बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पताल हुँदै हाल नर्भिक अस्पताल काठमाडौं पुर्याइएको छ । बोल्न समेत नसक्ने अवस्थामा पुगेकी उनलाई जनता समाजवादी पार्टी (जसपा) नेपाल महन्थ ठाकुर पक्षले मन्त्री नियुक्त गरेको थियो । बाट गत वैशाख १९ गते मन्त्री नियुक्त भएका थिइन् ।
उनलाई न्युरोसम्बन्धी रोग जीडीएस भएको चिकित्सकले प्रारम्भिक परिक्षण पछि बताएका छन् । उनलाई पंकज जलान र यादव भट्टको टीमले उपचार गरिरहेको छ । चिकित्सकले उनको उपचारमा कम्तीमा ६ महिनादेखि २ वर्षसम्म लाग्ने बताएका छन् । उपचार खर्च निकै महंगो भएकाले उनलाई आर्थिक समस्या समेत परेको छ । कोभिडको सुर्इं लगाएपछि उनमा यस्तो समस्या देखिएको हो ।
जीडीएस रोगको उपचार पद्धति खर्चिलो छ । हाल दैनिक प्रति सुइँ १८ हजार खर्चेर दिनको ६ पटक सुइँ लगाइएको छ । औषधिसहित अस्पताल खर्च दैनिक १ लाख ५० हजार रुपैयाँ रहेको मन्त्री पाण्डेका पति एवं जसपा नेता नवराज लम्सालले जानकारी दिए ।
चिकित्सकका अनुसार कोभिडको सुइँपछि उनमा यस्तो लक्षण देखिएको हो । जसमा खुट्टाबाट शिथिल हुँदै घाँटीसम्म पुग्छ । घाँटीबाट खुट्टामा झरेर मात्र रोग निको हुन्छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !