मानव जिवन अत्यन्त उतार चठाव युत्त हुन्छ । यसलाई उत्तम बनाउनु एउटा कला हो । जुन बेदले सिकाएको छ । जस अनुसार हाम्रो शरिर,मन र आत्मा आपसमा जोडिएको विज्ञानले पनि पुष्टि गरि सकेको हो । यस अनुसार हाम्रो शरिरमा ७ वटा चक्रहरु छन् । तिनको मंत्र ती चक्रलाई जगाउने विधि र त्यसको जागृतीबाट हुने प्रभाव निम्नअनुसार छ ।
१. मूलाधार चक्र ः यो हाम्रो शरिरको पहिलो चक्र हो । हाम्रो मलद्धार र लिङ्गको बिचमा चारवटा प्वाँख भएको यो आधा चक्र हो । ९९.९ प्रतिशत मानिसको चेतना यसै चक्रमा अडकेको हुन्छ र उनीहरु यसै चक्रमा रहेर मृत्यु सम्म पुग्छन् । जसको जिवनमा भोग, संभोग र निदा्रले प्रमुखता लिएको हुन्छ र सम्पूर्ण उर्जा यसै चक्रको वरिपरी एकत्रित रहन्छ ।
मन्त्रः लं
चक्रलाई जगाउने विधि ः यस चक्रलाई जगाउन भोग, संभोग र निदा्रलाई नियन्त्रणमा राखि यस चक्रमा निरंतर ध्यान लगाउनु पर्छ जसले यो चक्र जागृत हुन्छ र यसको अर्को विधि हो यम र नियमको पालना गर्दै साक्षी भावनाको विकास गर्नु ।
प्रभाव ः यस चत्रको जागृतीले व्यक्तिमा विरता, निर्भीकता र आनंन्दको भाव विकसित हुदै जान्छ ।
२. स्वाधिण्ठान चक्र ः यो हाम्रो लिङ्ग भन्दा चार औला माथि हुन्छ । यसमा ६वटा प्वाँख हुन्छ । यदि हामा्रे उर्जा यस चक्रमा केन्द्रित छ भने हामी हाँसो ,मनोरंजनर,घुमफिर र मौजमस्ती गर्नुलाई प्रधानता दिन्छौ । हाम्रो जिवन कसरी वित्यो हामीलाई थाहै हुदैन । हामी खालीहात यो संसारबाट विदा लिहाल्छौ ।
मन्त्रः वं
चक्रलाई जगाउने विधि ः मानिसको जिवनमा मनोरंजन जरुरी छ तर मनोरंजनको बानी बस्नु राम्रो होइन । मनोरंजनले हामीलाई बेहोस बनाएर राख्छ । हाम्रो चेतनालाई जाग्न दिन्न । यसको जागरणले चेतना जाग्दछ ।
प्रभाव ः यस चक्रको ध्यान जागरणले हाम्रो क्रुरता ,गर्व, आलस्य,अवज्ञा, अविश्वास आदि अवगुणको नाश गर्छ । हामी सिद्धि प्राप्त गर्न तयार हुन्छौ । अर्थात चतेन मनमा बाँच्न सक्छौ ।
३. मणिपुर चक्र ः नाइटोको जरामा रहेको लाल रंगको शरिरको यो तेसा्रे चक्र हो । यसमा दशवटा प्वाँखहरु हुन्छ । यदि हाम्रो चतेना वा उर्जा यस चक्रमा छ भने हामीमा काम गर्ने धुन सवार हुन्छ । हामी कर्मभोगी हुन्छौ । यस संसारको हरेक काम गर्न हामी तप्पर रहन्छौ ।
मन्त्रः रं
चक्रलाई जगाउने विधि ः आफनो पेटबाट श्वास प्रश्वास गर्नाले यो चक्र जागृत हुन्छ ।
प्रभाव ः यस चक्रको जागरणले तृष्णा,ईष्र्या,कुरा लाउने बानी,लाज,घृणा ,डर ,मोह आदि हुन्छ । यस चक्रको जागरणले आत्माबलको वृद्र्धिे गर्नुको साथै आत्मासम्मानमा वृद्धि गर्छ जसले जीवनको लक्ष्य प्राप्त गर्न सजिलो हुन जान्छ ।
४. अनाहक चक्रः यो चक्र हाम्रो मुटुमा हुन्छ । यसको रंग सुनको जस्तो हुन्छ तथा यसका १२ वटा प्वाँखहरु हुन्छ । यदि यो चक्र सकृय छ भने हामीमा सधै नयाँ नयाँ रचना गर्ने उर्जा आइ राख्छ । हामी चित्रकारिता,कवि,कथाकार, इन्जिनियर आदि बन्न रुचाउँछौ ।
मन्त्रः यं
चक्रलाई जोगाउने विधि ः मुटु माथि संयमता तथा ध्यान गर्नाले यो चक्रलाई जगाउन सकिन्छ । विशेष गरि राति सुत्ने बेला यस स्थानमा ध्यान गर्नाले यो चक्र जागृत हुन्छ ।
प्रभाव ः यस चक्रको जागरणले कपटीपन,हिसां,कुतर्क,दंय(घमण्ड)चिंता,मोह समाप्त हुन्छ । हामी भित्र प्रेम र संवेदना जागृत हुन्छ , जसले हामीमा स्वतः ज्ञान प्रकट हुन थाल्दछ । हामी मानवता प्रेमी बन्छौ ।
५.विशुद्ध चक्र ः यो चक्र रुद्र कंठ को तल हुन्छ,यसका सोरह(१६) वटा प्वाँखहरु हुन्छन् । यस चक्रमा उर्जा हुनेहरु अत्यधिक शक्तिशाली हुन्छन् ।
मन्त्रः हं
चक्रलाई जगाउने विधि ः घाटिलाई संयकित गरेर ध्यान गर्नाले यो चक्र जागृत हुन्छ ।
प्रभाव ः यस चक्रको जागरणले हामी १६ कलाको ज्ञान प्राप्त गछौ । यसै को जागरणले भोक,तिर्खालाई नियन्त्रित गर्न सकिन्छ । यसले हामीमा मौसमको प्रभाव पर्न दिदैन ।
६.आज्ञा चक्र ः यो चक्र दुवै आँखाको बिचको निधारमा हुन्छ । यसमा अनगिन्ति प्वाँखहरु हुन्छ । यो चक्र जागृत हुनेहरु तिक्ष्ण बुद्धि भएका,संवदेनशिल तथा बौदिक रुपले सम्पन्न हुन्छन् तर यिनीहरु मौन रहने हुन्छन् । यसलाई बौद्धिक सिद्धि भनिन्छ ।
मन्त्रः ऊँ
चक्रलाई जगाउने विधि ः भृकुटीको मध्यमा ध्यान गरी साक्षी भावमा बाँच्नाले यो चक्र जागृत हुदै जान्छ ।
प्रभाव ः यस चक्रको जागरणले व्यक्ति एउटा सिद्ध पुरुष बन्दछ ।
७. सहसा्रर चक्र ः यो चक्र मस्तिष्कको मध्य भागमा हुन्छ । हामीले राख्ने टुप्पिको स्थानमा यो चक्र हुन्छ । यो चक्र जागृत हुनेहरु न त संसारमा, न सन्यासमा र न त सिद्धमा आसक्ति राख्छन् । यिनको जिवनमा वास्तविक आनन्द हुन्छ ।
मन्त्रः यसको कुनै मंत्र छैन ।
चक्रलाई जोगाउने विधि ः यो चक्रमा पुग्दा सम्म हामी पूर्णरुपले जागी सकेको हुन्छौ । साक्षी भावको विकास सँग मात्रै यो भाव आउने हुनाले यसको कुनै खास विधि छैन । हामी परमहंशको प्राप्ति गरि सक्छौ ।
प्रभावः यसले मानिसको मोक्षद्धारलाई खोल्ने गर्दछ । जुन हामी सबैको वास्तविक लक्ष्य हो ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !