एजेन्सी । दक्षिण भारतीय चर्चित अभिनेत्री सामन्था रुथ प्रभुको चलचित्र ‘यशोदा’को ट्रेलर सार्वजनिक भएको छ ।
२ मिनेट २१ सेकेन्डको ट्रेलर एक्सन र थ्रिलले भरिपूर्ण छ । ट्रेलर हेरेर यो चलचित्रमा नायिका गर्भवती महिलाको भुमिकामा देखिएकी छन् । यसका बावजुद उनको ट्रेलरमा दमदार एक्सन पनि रहेकाे देख्न सकिन्छ । यो पान इन्डिया फिल्म भएकाले यस चलचित्रको ट्रेलर ५ भाषामा सार्वजनिक गरिएको छ ।
हिन्दी भाषामा बनेको चलचित्रको को ट्रेलर वरुण धवनले शेयर गरेका छन् भने तेलुगु भाषाको ट्रेलर विजय देवरकोंडा र मलयालम भाषाको ट्रेलर दुल्कर सलमानले शेयर गरेका छन् ।
समन्थाको यो चलचित्र नोभेम्बर ११ मा थिएटरमा प्रवेश गर्दैछ । यति मात्र होइन, सामन्थाको चलचित्र ‘यशोदा’ र वरुण धवनको फिल्म ‘भेडिया’ एक अर्कासँग भिड्दैछन् ।
भिडियोमै हेर्नुहाेस्
आफ्नो प्रतिक्रिया दिनुहोस् !