काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुग्नु भएको छ ।
बुधबार मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालयको बाँडफाँट, प्रदेशका मुख्यमन्त्री र मन्त्रीको टुंगो लगाउने विषयबारे छलफल गर्न अध्यक्ष ओली प्रधानमन्त्री दाहालको निजी निवास खुमलटार पुग्नु भएको हो ।
यसअघि बिहान प्रधानमन्त्री प्रचण्डले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पनि छलफल गर्नु भएको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !