सरकारले पछिल्लो समय कोरोनाका कारण सिमानामा कडाई गरेको छ । जनतालाई आवत जावत गर्न फेरि कठिनाई भएको छ । तर यही बेला सिडियोको परिवार भने जिल्ला प्रशासन कार्यालय सुनसरीको गाडी लिएर विराटनगर पारि भारतीय बजार जोगबनीमा शनिबार दिनभर किनमेल चलेको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले प्रयोग गर्दै आएको सरकारी नम्बर प्लेट ‘को १ झ ५५५’ गाडी प्रयोग गरेर जोगबनीमा ‘सपिङ’ गर्न टोलि आएको हो । सरकारी गाडी भन्सार क्षेत्रमा राखेर महिलाको एक समूह जोगबनीमा किनमेलका लागि गएपछि रानीका स्थानीय युवाहरुले गाडीमा भएका चालकलाई सोधपुछ गरेका थिए ।
सोधपुछका क्रममा शनिबार सरकारी गाडि लिएर जाने सुनसरी सिडियोको परिवार भएको बुझिएको छ । गाडी रानीको भन्सार क्षेत्रको एक नम्बर ढाटमा राखिएको थियो । किनमेल गरेर फर्केपछि युवाहरुले दुई नम्बर ढाटमा गाडी नि य न्त्र णमा लिएका थिए ।
विराटनगर–१७ का युवा हमिद आजादका अनुसार शनिबार सरकारी गाडी प्रयोग गरेर जोगबनी बजार भर्न आएको देखेपछि गाडी नि य न्त्र ण मा लिएर इलाका प्रहरी कार्यालय रानीको रोहबरमा जिम्मा लगाइएको थियो । गाडीमा लत्ताकपडा थियो, युवा आजादले भने –सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आउजाउमा समस्या हुने, सरकारी गाडी चढेर आउनेहरु चाँहि जान पाउनेरु
सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता महेशकुमार पोख्रेलका अनुसार उक्त गाडी सीडीओ ढकालले प्रयोग गर्दै आएका छन् । कम्प्यूटरको डिभाईस खरिद गर्नुपर्ने थियो, पोख्रेलले भने – चालकलाई सामान लिन पठाएका हौं । राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रमका लागि आवश्यक डिभाईस नभएर खरिद गर्न पठाएको दावी समेत सीडीओ ढकालले गरे ।
सीडीओको गाडी प्रयोग गरेर परिवारका सदस्यहरु किनमेल गर्न आईपुगेको खुलेको छ । खरिद गरिएका सामान ल्याउँदै गाडीमा हालेको देखेपछि युवाहरुले सरकारी गाडीको दुरुपयोग गरिएको भन्दै विरोध गरेका थिए । त्यसपछि प्रहरीले किनमेल गर्न आउने परिवारलाई अर्कै बाटो प्रयोग गरेर नेपाल प्रवेश गराएको थियो । समाचार श्रोत आवर विराटनगर
आफ्नो प्रतिक्रिया दिनुहोस् !