काठमाण्डौं ।
आसन्न स्थानीय तहको निर्वाचनमा तेह्रथुममा वाम–लोकतान्त्रिक गठबन्धन हुने भएको छ । जिल्लाका पाँच पार्टी आबद्ध रहेको गठबन्धनका नेताहरुले मंगलबार विज्ञप्ति जारी चुनावी गठबन्धन गर्ने प्रतिबद्धता जनाएका छन् । काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र मञ्च सम्बद्ध लिम्बुवान पार्टीले जिल्लाका सबै स्थानीय तह निर्वाचनमा सहकार्य भएका हुन् ।
निर्वाचनमा गठबन्धन गरेर जाने सैद्धान्तिक सहमतिपछि गोविन्द ढुंगानाको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको छ । ०७४ को निर्वाचनमा ६ स्थानीय तहमध्ये ५ वटामा एमालेले जितेको थियो । एमालेको पकड भएको अधिकांश स्थानमा गठबन्धन आबद्ध दलको साझा उम्मेदवारी खडा गर्न जनाइएको छ ।
निर्वातनका लागि निशुल्क कल सेन्टर
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर कल सेन्टर संचालनमा ल्याएको छ। आयोगको सो कल सेन्टर आज मंगलबारदेखि संचालनमा आएको हो। सो कल सेन्टरबाट स्थानीय तहको चुनावको बारेमा कुनै पनि जानकारी चाहिएमा निशुल्क लिन सकिने बताईएको छ।
सो कल सेन्टरको उदघाटन प्रमुख निर्वाचन आयुक्त दिनेश प्रसाद थपलियाले एक कार्यक्रमका बिचमा गरेका छन्। आयोगले ११०२ टोल फ्रि नम्बरमा कल गरेर नयाँ स्थापना गरिएको सो कल सेन्टरबाट जानकारीहरु निशुल्क लिन सकिने जनाएको छ। यसको लागि आयोगले आवश्यक जनशक्ति पनि तयार पारेर अभिमुखिकरण समेत प्रदान गरिसकेको जनाएको छ।
सूचना हेर्नुहाेस्ः
आफ्नो प्रतिक्रिया दिनुहोस् !