जय_माँ_मनकामनाकि!
वैशाख १६ देखि २२ गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो साता जति श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । मध्य साताबाट आफन्तको सहयोग र आकस्मिक धन लाभ हुन सक्छ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो साता लामो समय देखि रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । घरायसी मनोरञ्जन हुनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । साताको अन्त्यमा कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो साता रोकिएका काम पुनः सुरु हुन सक्छ । रमणीय र सुखद् यात्राको योग छ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ, तर स्वास्थ्य मापदण्डको ख्याल गर्नु पर्नेछ । शेयर बजार अन्तर्गत बीमा क्षेत्रबाट अधिक फाइदा मिल्नेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो साता दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । नयाँ कामका विभिन्न अवसर फेला पर्ने छन् । कहीँकतैबाट कुनै उपहार प्राप्त होला । प्रेम र मित्रताको बन्धन कसिने समय पनि छ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो साता स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्नेछ । मनमा दुविधा उत्पन्न हुन सक्छ र काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् । मध्य साताबाट आँटेको र ताकेको कार्य पुरा होला । प्रेमीको सहयोग पाइनेछ । आर्थिक क्षेत्र र शेयर बजारबाट राम्रै फाइदा मिल्नेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो साता एकपछि अर्को अवसर आउनाले मन पनि प्रसन्न रहनेछ । प्रेमीले तपाईँका विचारलाई समर्थन गर्नेछन् । रोकिएका काम पुनः सुरु हुन सक्छन् । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो साता नयाँ ज्ञान र सीप सिक्ने मौका मिल्नेछ । रोकिएका काम सम्पादन हुने योग छ । नयाँ कार्यको योजना बन्नेछ । परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुनेछ, तर स्वास्थ्य प्रति बढी सजगता अपनाउनु पर्नेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो सातामा सामाजिक कार्यबाट सफलता मिल्नेछ । धार्मिक कार्यमा सफलता मिल्नेछ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ, तर कुनै कुराले मानसिक चिन्ता बढ्नेछ र अल्छीपन नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो साता आफ्नो विचार र योजनालाई गोपनीय ढंगले प्रयास गर्दा राम्रो हुनेछ । धार्मिक तथा परोपकारजन्य आदि काममा पनि भूमिका निर्वाह गर्न पाइनेछ । दौडधुप गर्नु परेपनि लाभ नै हुनेछ । तर, आवेगमा आएर निर्णय नलिनु होला साथै स्वास्थ्य प्रति सजग रहनु पर्छ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । प्रविधि मार्फत टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । साताको मध्य भागमा आफूलाई कमजोर भएको अनुभूति हुनेछ । घरायसी झमेलामा परिनेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो साता नयाँ र शुभकार्यको चर्चा चल्नेछ । विज्ञानको ज्ञानमा वृद्धि हुनेछ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । कसैकसैका लागि सन्तान प्राप्तिको योग छ । साताको मध्यमा स्वास्थ्यमा असर पर्न सक्छ, त्यसैले स्वास्थ्य प्रति बढी सजगता अपनाउनु पर्नेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो साता शैक्षिक क्षेत्रबाट सफलता मिल्ला । नयाँ र शुभकार्यको चर्चा चल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । शेयर बजारबाट पनि लाभ मिल्नेछ । साताको उत्तरार्धबाट व्यापार व्यवसायमा बाधा आउनेछ । घर व्यवहारको समस्याले सताउनेछ । (अधिक जानकारीका लागि 977-9849559502)
आफ्नो प्रतिक्रिया दिनुहोस् !