कलम किन्न भनेर घरबाट साँझ निस्केकी एक १४ बर्षिया बालिकाले घर फर्केर सुनाएको घटनाले सबैलाई स्तब्ध पार्यो । परिवारका सदस्यहरुमा चिन्ता र डर एकैपटक थपियो । घटनाको अनुसन्धानपछि भने कथाले अर्कै मोठड लिएको छ ।
कञ्चनपुरमा ती किशोरीले आफूमाथि तीन जनाले लिएर गएको र अ नैतिक का’म गरेको भन्दै परिवारलाई सुनाएको घटना बनावटी भएको खुलेको छ । जिल्लाको पुनर्वास नगरपालिका– २ को मोतिबस्तीमा शुक्रबार साँझ करिब साढे ७ बजेतिर आफूमाथि यस्तो घटना भएको भन्दै उनले परिवारलाई सुनाएकी थिइन् ।
प्रहरीले भने बालिकाको दाबी झूटो रहेको पुष्टि भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले अनुसन्धानका क्रममा कक्षा ७ मा अध्ययनरत ती बालिकाले बनावटी घटना रचेको खुलाएका छन् ।
थापाकाअनुसार घरबाट कलम किन्छु भन्दै हिँडेकी उनले प्रेमी समेत रहेका आफूसँगै अध्ययन गर्ने अन्दाजी १६ वर्षीया किशोरलाई भेट्न गएको अनुसन्धानले खुलाएको छ ।
तर धेरै ढिलो भएपछि घरपरिवार रि साउने हुन भन्ने डरले त्यस्तो घटना भएको भन्दै आफू झुटो बोलेको उनले प्रहरीलाई बताएकी छन् । बालिकाले दिएको बयानका आधारमा उनका प्रेमीलाई पक्राउ गरेर घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !