काठमाडौ । सिरहामा एक महिलाको शव बोकेर स्थानिय सिधै इलाका प्रहरी कार्यालय लहान अगाडि पुगेका छन् । उनीहरुले घटना रहस्यमयी भन्दै अनुसन्धानको माग राखेर शव लिएर प्रहरी कार्यालय पुगेका हुन् । स्थानियले प्रहरी कार्यालय अगाडी प्रदर्शन गरेका छन् । ससुराले आफ्नी छोरीको ज्यान लिएको आरोप माइती पक्षले लगाएका छन् ।
धनगढीमाई नगरपालिका ६ स्थित सिमराका सुनिल महतोकी अन्दाजी २९ वर्षीया श्रीमती ज्ञानकुमारी महतोको शव लिएर आफन्त प्रहरी कार्यालय पुगेका हुन् । उनी सोमबार राति पौने १२ बजेतिर आफ्नै घरमा झु ण्डि एको अवस्थामा फेला परेकी थिइन् । मंगालवार प्रहरी घटनास्थल पुगेर शव पोष्टमार्टमका लागि पठाएको थियो ।
धरानबाट पोष्टमार्टमपछि महिलाको शव माइती पक्षले ल्याएर प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । महिलाका श्रीमान् सुनिल कमजोर मनस्थितिका छन् । आठ वर्षअघि बिहे भएका उनीहरूको एक सन्तान छन् । छोरीलाई ससुरा र देवरले पहिले देखि नै नराम्रो ब्यवहार गर्ने गरेको माइती पक्षको भनाई छ ।
एक महिना अघि पनि छोरीलाई या त ना दिएपछि उनी माइत आएको बसेकी थिइन् । केही दिन पहिले फेरि आएर ससुराले घर लगेका थिए । प्रहरीले जाहेरी नै नलिएका कारण प्रदर्शन गर्नुपरेको माइती पक्षले जनाएका छन् । प्रहरीले भने पोष्टमार्टम रिपोर्ट आएपछि अनुसन्धान अघि बढाउने जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !