काठमाडौं । प्रहरीले विभिन्न व्यक्तिलाई हनी ट्रयापिङमा पारेर मोलमलाई गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बुका २४ वर्षीय शेखर बाँस्तोला र उनकी पत्नी २० वर्षीया रोजिना राउत छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरका एसपी कृष्णप्रसाद कोइरालाका अनुसार उनीहरुले सामाजिक सञ्जालको माध्यमबाट चिजनान भएका पुरुषसँग अश्लिल कुराकानी गरेर फसाइदिने भन्दै मोलमोलाई गर्ने गरेका थिए । ‘रोजिना राउतको श्रीमान्ले आफू साइबर ब्यूरोको प्रहरी निरीक्षक हो भन्दै परिचय गराउने गरेका थिए’ कोइरालाले भने । प्रहरीले यसअघि पनि नक्कली प्रहरी निरीक्षक बनेर हनी ट्यापिङमा पार्ने गिरोहलाई २ साउनमा समातेको थियो ।
आमाको थर र ठेगाना रोजेर वंशजको नागरिकता लिन पाइने
काठमाडौं । आमा वा बाबुमध्ये एउटाको थर र ठेगाना रोजेर नागरिकता लिन पाइने भएको छ । संघीय संसदको दुबै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)बाट पारित नागरिकता ऐन संशोधन विधेयकले नागरिकता लिने व्यक्तिलाई आमा वा बाबुको थर र ठेगानामध्ये एक रोज्न पाउने अधिकार प्रदान गरेको छ ।
सरकारले सुरु (२४ असार २०७९) मा ल्याएको विधेयकमा यस्तो प्रावधान थिएन । तर सांसदहरुले हालेको संशोधनका आधारमा सरकारले सन्तानलाई नै आमा वा बाबुमध्ये एउटाको थर र ठेगाना रोज्ने अधिकार दिने व्यवस्था थप गरेको हो । नयाँ व्यवस्था थपेर ‘पहिचानसहितको नागरिकता दिने’ सम्बन्धी प्रावधान राखिएको छ । जहाँ ‘यस ऐन बमोजिम वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यक्तिलाई आमा वा बाबुको थर र ठेगाना मध्ये निजले रोजेको थर र ठेगाना उल्लेख गरी नागरिकता दिन सकिनेछ’, भनी लेखिएको छ ।
नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माका अनुसार यो प्रावधान अनुसार कुनै पनि दम्पतीका दुई सान्तान वा त्यस भन्दा बढी छन् भने उनीहरुले कसैले आमको थर र ठेगाना कसैले बाबुको थर र ठेगाना पनि राख्न सक्छन् । उनी उदाहरण दिन्छिन्, ‘मेरा दुई सन्तान छन् भने एउटाले मेरो र अर्कोले मेरो श्रीमानको थर र ठेगाना रोज्न चाहे भने पाउने भए । दुबैले एकै तिरको पनि रोज्न पाउने भए ।’











आफ्नो प्रतिक्रिया दिनुहोस् !