काठमाडौँ । नेपाल बार एसोसिएसनको भवन परिसरमै दुई जना कानून व्यवसायीबीच हा’त हा’लाहा’ल भएको छ । अधिवक्ता भूमिनन्द चुँडालले सर्वोच्चका इजलास चल्नुपर्ने धारणा राख्दै गरेका बेला अर्का अधिवक्ता विराट न्यौपानेले उनीमाथि हा’त हा’लेको प्रत्यक्षदर्शीले बताएका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणा पक्षधर र विपक्षी अधिवक्ताबीच ला’त्ती हा’न्ने काम भएको बताइन्छ । केही कानून व्यवसायीले छुट्याउन खोज्दा खोज्दै न्यौपानेले घाँ’टीमा अ’ठ्याउँदै ठे’ल्दै ल’गेर चुँ’डाललाई गा’ला’मा थ’प्प’ड हा’नेको भिडियोमा देखिन्छ । त्यसपछि चुँडालले पनि न्यौपानेलाई ला’त्ती हा’नेका छन् । न्यौपानेले पछि पनि झ’म्टेर फे’रि हा’तपा’त गरेको भिडियोमा देखिन्छ । पछिल्लो समय प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामाका बारेमा कानून व्यवसायीहरूबीच मत विभाजन छ ।
कु’ट्ने न्यौपाने काठमाडौं बारका सदस्य हुन् भने ला’त्ती खा’ने चुडाल सर्वोच्च बारका । न्यौपाने प्रधानन्यायाधीशलाई हटाउने पक्षमा उभिएका,चुडाल प्रधानन्यायधीश राणा पक्षधर । संयोग कस्तो भने प्रधान न्यायाधीशले कुमार चुडाललाई बिश्वास गरेर आजलाई आफूसहितको इजलास गठन गर्दा पनि उहाँ अरु न्यायाधीशको कित्ता छाडेर सुनुवाइका निम्ति बेन्चमा नगएको,उता आजै चुडाल थरका वकिल चु’टि’एको ।
इजलाश रोकिँदा सर्वसाधारणलाई सास्ती भएको बिषयमा मिडियासँग अन्तरवार्ता दिइरहेको बेला तेरो लाइसेन्स खोस्नु पर्ने भन्दै हा’तपा’त भएको र आफू न्यौपानेविरुद्ध कानुनी प्रक्रियामा जाने चुडालको भनाई छ । बाँकि तलको भिडियोमा हेर्नुहोस ।
भिडियोः
आफ्नो प्रतिक्रिया दिनुहोस् !