काठमाडौ । नेकपा एमालेको विवाद मिलाउन दुई अध्यक्षको विकल्प अघि सारिएको छ । एक औपचारीक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफुले प्रस्ताव गरेको खुलासा गरेका थिए । त्यस यता पनि एमालेको विवाद मिलाउन दोस्रो पुस्ताका नेता वार्तामा छन् । महाधिवेश सम्मका लागि एमालेमा दुई अध्यक्ष बनाउने कुरा सार्वजनिक भएको छ ।
माधव नेपाल पक्षमा पनि सो विषयमा छलफल भएको छ । तर एमालेका महासचिव ईश्वर पोखरेलले भने वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष मान्न नसकिने बताएका छन् । उनले नेपाल पक्षले सञ्चार माध्याममार्फत राखेका ती प्रस्ताव पार्टीको विधि र विधानभन्दा फरक आएकाले स्वीकार गर्न नसकिने प्रतिक्रिया दिएका हुन्।
थापाथलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित साउन १५ को खीर खाने कार्यक्रममा उनले यस्तो प्रतिकृया दिएका हुन् । कार्य दलले सहमति जुटाएर पार्टीको केन्द्रीय समितिले अनुमोदन गरेको १० बुँदे सहमति कार्यान्वयन गरेर पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्नेमा पनि उनले जोड दिएका छन्।
दई अध्यक्ष बनाउने कुरा पार्टीको विधि र विधानभन्दा फरक भएकाले स्वीकार गर्न नसकिने उनको भनाई छ । हामी २०७५ साल जेठ २ गते अघिको एमालेमा दुई अध्यक्षको प्रावधान नभएको बताएका छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !