काठमाडौं । गीतकार तथा निर्देशक शंकर अधिकारी घायलको निर्देशनमा निर्माण भएको चलचित्र ‘यो मेरो दिल’ अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलमा छनौट भएको छ ।
बिजि बर्मा फिल्मसको ब्यानरमा तारा प्रसाद निरौला सन्तोस को प्रस्तुतिमा मोहन गमाल र यज्ञराज सेडाइको निर्माण रहेको यो चलचित्रले अन्तर्राष्ट्रिय प्लेटफर्म पाएको हो ।
यो चलचित्र आउँदो डिसेम्बर महिनामा रसिएन कल्चर सेन्टर कमलपोखरीमा फेस्टिवलका लागि प्रदर्शन गरिने भएकोछ । राहुल जेटली, प्रतिभा चाम्लिङ, प्रवेश लिम्बू, दस बहादुर तामाङ, गंगा कुवर, राजन महर्जन लगायतको अभिनय रहेको यस चलचित्रमा दिवस गुरुङको छायांकन तथा राजु किरातको द्वन्द रहेको छ भने निर्देशक घायलकै गीत र संगीत समेत रहेको छ ।
यस चलचित्रमा समावेश गीतहरु नित्याशिवा, दिपक लिम्बु र प्रह्लाद तिमिल्सिनाले गाएका छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !