काठमाडौं – काठमाडौंको बुद्धनगरस्थित एक घरमा ६ तलामाथिबाट खस्दा दुई जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा अन्दाजी १३ र १४ वर्षका अनिकेत रोय र कृतिका जैसवाल रहेको प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।
घरबाट तल खसिरहेको अवस्थामा देखेपछि उनीहरूलाई तत्काल उपचारका लागि सिभिल अस्पताल लगिएको थियो । उनीहरूको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
टिकटक बन्द गर्न सप्तरीका युवाहरूको माग
सप्तरी । सप्तरीका युवाहरू टिकटक एप बन्द गर्ने अभियानमा जुटेका छन् । समाजमा अश्लीलता बढिरहेको भन्दै युवाहरूले सप्तरीको राजविराजमा बुधबार टिकटक एप बन्द गर्नका लागि प्रदर्शन गरे ।
विभिन्न ठाउँबाट टिकटक एप बन्दको आवाज आउन लागेका बेला टिकटक बन्द सङ्घर्ष समिति सप्तरीद्वारा जिल्ला प्रशासन कार्यालय सप्तरी र जिल्ला प्रहरी कार्यालय सप्तरीमा आज ज्ञापनपत्र बुझाएको सङ्घर्ष समिति अभियानका जिल्ला संयोजक सच्चिदानन्द यादवले जानकारी दिए ।
प्रदर्शनमा उत्रेका युवाहरूले ‘टिकटक बन्द गर’, ‘टिकटकमा अश्लीलता भिडियो बनाउनेलाई कारबाही गर’, ‘टिकटक भगाऊँ आफ्नो संस्कृति बचाऊँ’, ‘टिकटक बन्द सङ्घर्ष समिति जिन्दावाद’लगायतका नारासहित विरोध प्रदर्शन गरेका थिए ।
समाजमा अश्लीलताको सीमा नाघ्दै सामाजिक सञ्जालको व्यापक दुरुपयोग भइरहेको युवाहरूको आरोप छ । नेपालमा टिकटकमा सामाजिक विकृति मौलाउने खालका गतिविधिहरु अधिक नै बढ्न थालेपछि टिकटक बन्द सङ्घर्ष समितिले ज्ञापनपत्र बुझाएको हो ।
टिकटक प्लेटफर्ममा अश्लीलताबाहेक अन्य केही नदेखिएको भन्दै यसले समाजमा विकृति फैलाएको ठहर गर्दै यसलाई निषेध गर्न अपिल गरिएको छ । छिमेकी मुलुक भारतमा समेत टिकटकले गर्दा शैक्षिकस्तर खस्किन थालेपछि तथा झन विकृति फैलिन थालेपछि भारत सरकारले टिकटक बन्द गरेको छ ।











आफ्नो प्रतिक्रिया दिनुहोस् !