TajaKura
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
    • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
    • बैँक / वित्त
    • रोजगार
    • पर्यटन
  • खेलकुद
  • समाज
    • अपराध
    • अन्तर्वार्ता
    • संस्कृति
  • स्वास्थ्य/शिक्षा
  • सुचना/प्राविधि
  • साहित्य
    • कविता/गजल
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • प्रवास
  • अन्य
    • विचार
    • फिचर
    • रोचक
    • पत्र-पत्रिका
    • राम्रो संसार
English
No Result
View All Result
TRENDING
प्रदेश सरकार प्रदेश १ प्रदेश सभा सुदुर पश्चिम कर्णाली प्रदेश भिडियो लुम्बिनी प्रदेश प्रदेश ३
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
    • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
    • बैँक / वित्त
    • रोजगार
    • पर्यटन
  • खेलकुद
  • समाज
    • अपराध
    • अन्तर्वार्ता
    • संस्कृति
  • स्वास्थ्य/शिक्षा
  • सुचना/प्राविधि
  • साहित्य
    • कविता/गजल
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • प्रवास
  • अन्य
    • विचार
    • फिचर
    • रोचक
    • पत्र-पत्रिका
    • राम्रो संसार
No Result
View All Result
No Result
View All Result

बल्ल चल्यो हर्कको जादु, बैठक बहिष्कार गर्ने वडा अध्यक्षहरुले नै गरे स्वागत !

बल्ल चल्यो हर्कको जादु, बैठक बहिष्कार गर्ने वडा अध्यक्षहरुले नै गरे स्वागत !

हर्क साम्पाङ अ रेभुलुसन।
धरान । फेसबुकको यो पेजलाई ९० हजारभन्दा बढी मानिसले फलो गरेका छन्। दुई वर्षदेखि हर्कराज राई उर्फ हर्क साम्पाङले यही पेजबाट धरानका विविध विषयमा आफ्ना स्ट्याटस र भिडिओ अपडेट गरिरहेका हुन्छन्। योजना सुनाइरहेका हुन्छन्।

नगर चलाइरहेका दलका नेताका कारण समस्या बल्झिएको तर्क गरिरहेका हुन्छन्। अनि आफ्ना गीत र अन्य रचना पनि सुनाइरहेका हुन्छन्। बिहान पनि उनी यही पेजबाट लाइभ आएका थिए। आजको उनको लाइभ अरू दिनको भन्दा फरक थियो। किनकि धरानको पब्लिक स्कुलबाट फेसबुक लाइभमा आउँदा उनी धरानका आन्दोलनकारी थिएनन्, ‘वेटिङ’ मेयर भइसकेका थिए।

आइतबार साँझ निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार साम्पाङ सत्ता गठबन्धन र एमालेका उम्मेदवारलाई पछि पार्दै धरानको मेयरमा चुनिएका छन्।

दलहरूको दबादबा उल्ट्याउँदै उपमहानगरका मेयरको आसनमा पुगेका साम्पाङले यो उपलब्धिसम्मको यात्रामा दुःखका थुप्रै कान्ला उक्लेका छन्। स्थानीयबासीका मसिना तर महत्वपूर्ण मुद्दामा निरन्तर काम गरेका छन्। स्थानीय मुद्दा र तिनै मुद्दामा निरन्तर काम गरिरहेकै बलमा उनले चुनाव जितेका हुन्।

उनी मेयर बनेपछि फेसबुक पेजको नामजस्तै साम्पाङले धरानमा एउटा क्रान्ति पूरा गरेका छन्। जुन क्रान्ति उनले एक्लै सुरू गरेर वर्षौंसम्म एक्लै चलाएका थिए। धरानेका दैनिक जनजीवनसँग जोडिएका सवाल उठाएर साम्पाङले ‘क्रान्ति’ थालेको १० वर्षअघि हो।

धरान सहरको दायाँबायाँ बग्छन् सर्दु र सेउती खोला। उपमहानगर बनेपछि सर्दुपारिको विष्णुपादुका र सेउतीपारिको पानमारा पनि धरानमै मिसिएका छन्। दायाँबायाँ दुई खोला बग्ने भए पनि धरानवासीले किचनदेखि बाथरूमसम्म भनेजति पानी पाउँदैनन्। लाहुरेहरूको सहर भनिने धरानको पानीको तिर्खा पूरा नभएको वर्षौं भइसक्यो। कयौंपटक यो कुरा चुनावी एजेन्डा बनिसक्यो।

खानेपानी समस्यालाई साम्पाङले चुनाव लड्नुभन्दा धेरै पहिलेदेखि एजेन्डा बनाएका थिए। खानेपानी समस्या समाधान गर्न उपमहानगरले लिएका नीति गलत भएको भन्दै विरोध गरेका थिए।

खानेपानी मात्र होइन, धरानको बाटोघाटो, बिजुलीजस्ता आधारभूत समस्याबारे साम्पाङले वकालतसँगै दिनरात खटिएर अभियान नै चलाए। धरानको वैभव बनेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मौलाएको बेथितिविरूद्ध उनले जवाफदेही निकायलाई तीखो भाषामा प्रश्न गर्दै आए। हरेक सार्वजनिक सेवाको स्तर सुधारका लागि दबाब दिए।

धरानमा भ्रष्टाचारविरूद्ध अभियान चलाउने पूर्व नगर उपप्रमुख कृष्णनारायण पालिखेको अभियानमा सहभागी भएका उनी पालिखेको निधनपछि आफैं अगुवा भए। २०७२ सालमा धनकुटा रोड विस्तार गर्दा धेरै जनाको उठिबास लाग्ने भएपछि साम्पाङसहितका आन्दोलनकारीले अभियान चलाए। त्यही आन्दोलनले उनलाई धरानमा चिनाएको स्थानीय बताउँछन्।

उनी सामाजिक सञ्जालदेखि धरानका सडकमा हाते माइक बोकेर खानेपानी, प्राकृतिक स्रोत दोहन लगायत विविध मुद्दामा भाषण गर्थे। उनका त्यस्ता भाषण सुन्न धेरै मान्छे आउँदैन थिए। तर कसैले सुनोस् कि नसुनोस्, साम्पाङले आफ्ना कुरा निरन्तर भनिरहे।

‘जनतालाई मर्का पर्ने कुरामा उहाँ सधैं विरोधमा ओर्लिनुहुन्छ, त्यसका लागि एक्लै लड्नु किन नपरोस्,’ साम्पाङलाई लामो समयदेखि साथ दिँदै आएका समिर तामाङ भन्छन्, ‘जनताकै आवाज उठाउँदा उहाँलाई पटक-पटक प्रहरीले थुनेको छ। कुटेको छ। तर डराउने र थाक्ने स्वभाव उहाँको छैन।’

धरानका खोलानालामा ठेकेदारले जथाभावी उत्खनन गर्दा नगर नेतृत्व रमिते बनेको थियो। साम्पाङसहित केही मानिसले फिल्डमै गएर प्रतिरोध गरेका थिए। त्यस बेला उनका केही साथी घाइतेसमेत भए। खानेपानीको मुद्दा उठाउँदा उनलाई पाइप तोडफोड गरेको मुद्दामा थुना पनि पठाइएको थियो।

‘यी सबै कुरा हुँदा पनि उहाँले अभियान छाड्नुभएन,’ समिरले थपे।
आन्दोलनको भाषा बोलिरहेका साम्पाङलाई साढे दुई वर्षअघि लाग्यो- सधैं सडकमा बसेर मात्र समस्या समाधान हुँदैन। समाधान गर्ने ठाउँमा आफैं पुग्नुपर्छ।

उनी २०७६ मा धरानको उपनिर्वाचनमा उम्मेदवार बने। उनको उम्मेदवारीलाई मतदाताले पत्याएनन्। उनले ४२२ मत मात्रै पाए। एमालेको लालकिल्ला भत्काएर पहिलोपटक कांग्रेसका तिलक राई मेयर बने। साम्पाङ फेरि सडकमै फर्किए। हाते माइक बोकेर भाषण गर्न थाले। त्यति बेला पनि उनी एक्लै थिए।

उनको एक्लो यात्रा वैशाख ३० को चुनावअघिसम्म जारी थियो। अरू उम्मेदवारको घरदैलो अभियानमा हजारौंको लर्को लाग्थ्यो। साम्पाङ भने थोरै साथीहरूसँग चोकचोकमा भाषण गर्दै हिँड्थे। दलका उम्मेदवारको भाषण सुन्न धरानभरिबाट गाडीमा मान्छे ओसारिन्थे। साम्पाङको भाषण सुन्न न स्रोता हुन्थे न ताली ठोक्न समर्थक। स्रोताविहीन चोकमा एक्लै उभिएर उनी आफ्ना कुरा राखिरहन्थे।

बाइक ‍र्‍याली, आमसभा साम्पाङको बुताबाहिरको विषय थियो। ठूला दलका उम्मेदवारहरूले ‍र्‍याली र आमसभा गर्न चिताए मात्रै पुग्थ्यो। सत्ता गठबन्धनका उम्मेदवार र एमाले उम्मेदवारहरू ठूला सभा र र्‍यालीमा व्यस्त रहँदा उनी भने काँधमा राष्ट्रिय झन्डा भिरेर मतदाता भेट्दै घरघरै लुसुलुसु पसिरहेका हुन्थे।

दलहरूका मञ्चमा कलाकारहरूको भीड लाग्थ्यो। साम्पाङका लागि भने चुनावी गीत गाइदिने अर्को गायक पनि थिएन। त्यसैले आफ्नै अटोमा जडित माइकमा गितार बजाएर उनी आफैं गीत गाउँथे। भाषण आफैं गर्थे। दलहरूका लागि चुनावी घोषणापत्र लेख्ने विज्ञहरूको टिम थियो। उनले आफ्नो प्रतिबद्धतापत्र आफैं लेखेका थिए, त्यो पनि बुँदागत रूपमा मात्रै।

स्थानीय निर्वाचनको माहोल सुरू भएपछि मौन अवधिको अघिल्लो दिनसम्म धरानमा देखिने दृश्य यही र यस्तै थियो। मतगणनाको तेस्रो दिन पूरा भएपछि भने दलहरूको त्यो तामझामलाई धराने मतदाताले नपत्याएको संकेत आउँदै थियो। जब चौथो दिनको गणना सुरू भयो, हर्कले दलका सबै उम्मेदवारलाई पछाडि पारिदिए।

त्यसपछि सामाजिक सञ्जाल फेसबुकमा धेरैले लेखे, ‘हर्कको भाषण सुन्न पनि नआएका धरानेले भोट जति सबै उसैलाई खन्याइदिएछन्।’ कांग्रेस, एमाले, माओवादी लगायत ठूला दलका नेता-कार्यकर्ताहरूले साम्पाङलाई ‘हल्का खुस्केको’ भनेर सधैं बेवास्ता गर्दै आएका थिए। चुनावमै पनि सबैजसो दलले ‘एक-दुई हजार भोट काट्ने’ आकलन गरेका थिए।

‘दलका मान्छेको नजरमा उहाँ खुस्केकै हो नि,’ धरान-९ का ४६ वर्षीय राजेश शर्मा भन्छन्, ‘उहाँ हरेक क्षण जनताकै समस्याका लागि दस वर्षदेखि लागेको लाग्यै हुनुहुन्छ। पार्टीका मान्छे चुनाव आउँदा मात्रै जनता सम्झिन्छन्। उहाँ दिनरात जनताको घरदैलोमा पुग्नुहुन्छ। यस्तो मान्छे देखेपछि दलहरूले खुस्केको भन्नु कुन नौलो हो र? तर यसपटक उहाँ र धराने जनता मिलेर दलहरूको हावा खुस्काइदिएको चाहिँ हो।’

कुनै बेला एमालेले आफ्नो किल्ला ठान्ने धरानमा यसपटक एमाले तेस्रो भयो। २०७६ मा पहिलोपटक एमाले किल्ला तोडेकोमा खुसी भएको कांग्रेस, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादी साझा उम्मेदवारसहित चुनावी मैदानमा थिए। त्यही गठबन्धन पनि ठूलै मतान्तरले दोस्रो मात्रै भयो।

यसपालि स्थानीय चुनावमा धरानका साम्पाङ मात्र होइन, स्वतन्त्र उम्मेदवारी दिएका धनगढीका गोपाल हमाल र काठमाडौंका बालेन शाहलाई पनि जनताले पत्याएका छन्। दलका नेताहरूको दाँजोमा यी स्वतन्त्र उम्मेदवारलाई नै नगर प्रमुख बन्न योग्य ठानेका छन्। तर हमाल र शाहभन्दा साम्पाङ यस कारण भिन्न छन्, किनभने अघिल्ला दुई जना आ-आफ्नो क्षेत्रमा नाम कमाएका अनुहार हुन्। हमाल लोकप्रिय व्यवसायी हुन् भने शाह परिचित र्‍याप गायक हुन्। साम्पाङ भने सबै हिसाबले आममान्छे हुन्।

२०३९ सालमा खोटाङमा जन्मिएका हर्क साम्पाङ अहिले धरान-१८ बुद्धचोकमा बस्छन्। लाहुरेका छोरा उनले धरानकै महेन्द्र क्याम्पसबाट स्नातक तहसम्मको अध्ययन पूरा गरेका छन्। कुनै बेला धरानमा ट्युसन पढाउने र कम्प्युटर सिकाउने साम्पाङले वैदेशिक रोजगारका सिलसिला झन्डै ६ वर्ष इराक र अफगानिस्तानमा बिताए।

उनको परिवारमा आमा, पत्नी र दुई छोराछोरी छन्। उनकी पत्नी घरैमा सानो किराना पसल चलाउँछिन्। उनले विदेशबाट फर्केपछि केही अटो किनेर भाडामा चलाउन दिएका छन्। उनको आम्दानीको स्रोत त्यही हो।

उनी झट्ट सुन्दा ‘इमोसनल’ लाग्छन्। जनतासँग सधैं नम्र भएर नहाँसी नबोल्ने उनी जवाफदेही निकायका जिम्मेवार व्यक्तिहरूसँग भने सधैं खरो रूपमा प्रस्तुत हुन्छन्। उनको यही स्वभाव र शैलीलाई स्थानीय मतदाताले विश्वास गरेका छन्। धेरै नवयुवा उनीबाट प्रभावित छन्।

‘आफूलाई सिद्धान्तनिष्ठ कम्युनिस्ट भन्नेहरू जनतालाई नमस्कारसम्म फर्काउँदैनन्। शक्तिमा भएकाहरूसँग ज्यू लगाएर बोल्छन्,’ धरान ४ का अनमोल राई भन्छन्, ‘उहाँ जनतासँग सधैं मीठो बोल्नुहुन्छ। समस्या मज्जाले सुन्नुहुन्छ। समाधानका लागि भिडेको भिड्यै गर्नुहुन्छ। हामीले खोजेको मेयर यस्तै हो।’

दस वर्षदेखि एक्लै धरानको सडकमा कराइरहेका साम्पाङको आवाजमा वैशाख ३० गते धरानवासीले आफ्नो आवाज मिसाएका छन्। वर्षौंदेखि आफ्नो कुराका लागि सडकमा बोलिरहेको मान्छेलाई यसपालि धरानेले मेयर बनाउने छन् भन्ने छनक चुनावअघि नै देखिएको थियो।

स्थानीय चुनावको एक साताअघि सेतोपाटीले धरान उपमहानगरका २० वटै वडाका विभिन्न टोल पुगेर करिब सय जना मतदातासँग कुराकानी गर्दा ४० वर्षीय साम्पाङप्रति अभूतपूर्व आकर्षण देखिएको थियो। त्यस बेला हामीले कुरा गरेकामध्ये झन्डै ३६ प्रतिशत मतदाताले यसपालि साम्पाङलाई मत दिने बताएका थिए।

मतदाताहरूसँगको भेटघाटपछि हामीले लेखेका थियौं- ‘साम्पाङप्रति अहिले देखिएको आकर्षण चुनाव हुने दिनसम्म कायम रहेमा धरानले यसपालि ‘दोस्रो सरप्राइज’ दिनेछ। साढे दुई वर्षअघि सदाबहार वामपन्थी किल्ला तोडेर सरप्राइज दिएको धरानले यसपालि कांग्रेस-एमालेजस्ता प्रमुख दललाई हराउँदै स्वतन्त्र उम्मेदवार साम्पाङलाई जिताएर अर्को सरप्राइज दिन सक्नेछ। सापाङले चुनाव जितेनन् भने पनि उनले यति धेरै मत ल्याउने छन्, त्यो धरानवासी र बाहिरका लागि सरप्राइज नै हुनेछ।’

अन्ततः सबैलाई सरप्राइज दिँदै चुनाव जितेका साम्पाङ अब प्रश्न सोधिरहने भूमिकाबाट उत्तर दिइराख्नुपर्ने आसनमा पुगेका छन्। नागरिकको सूचनाको हकका लागि समेत निरन्तर आवाज उठाउँदै आएका उनी अब कसरी अघि बढ्छन्? यो विषयलाई धरानमा धेरैले चासोका साथ हेरेका छन्।

धरानको मेयर चुनिएपछि सबभन्दा पहिले खानेपानी समस्या सुल्झाउन इमानदार पहल थाल्ने उनले बताएका छन्। अहिले पनि धरान सहरमा खानेपानीको दैनिक माग अढाई करोड लिटर हाराहारी छ। दैनिक ५० देखि ६० लाख लिटर मात्र खानेपानी आपूर्ति हुने अवस्था छ। यो अवस्था दलहरूको मनपरीले ल्याएको ठहर उनको छ।

‘यहाँ दलहरूबाट निर्वाचित जनप्रतिनिधि एसीवाला कोठामा बसेर, एसीवाला गाडीमै हिँडेपछि जनताको समस्या भुल्छन्,’ हर्क भन्छन्, ‘म सबभन्दा प्राथमिक रूपमा धरानको खानेपानी समस्या समाधान गर्न लाग्नेछु।’ अहिले स्थानीय चुनावका धेरै जनप्रतिनिधि आफूले तलबभत्ता नबुझ्ने घोषणा गरिरहेका छन्।

साम्पाङ भने तलबभत्ता बुझ्ने बताएका छन्। ‘तलबभत्ता बुझ्छु, लिनैपर्छ,’ उनी भन्छन्, ‘तर त्यसभन्दा बाहिरको एक रूपैयाँ पनि मैले खाएको प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार हुनेछु।’ उनले धरानको पर्यावरण जोगाउने, प्राकृतिक स्रोत दोहन रोक्ने, फोहर नियन्त्रण गर्ने योजनामा पनि ध्यान दिने बताएका छन्।

चुनाव जित्दै गर्दा उनी निकै विनयी भाकामा पेस भइरहेका छन्। ‘जुनसुकै दलबाट निर्वाचित भएर आएको भए पनि उसको ध्येय धरान राम्रो बनाउने हो,’ उनले भने, ‘राम्रो धरान बनाउन म सबैसँग हातेमालो गरेर अघि बढ्नेछु।’ आफू मेयर रहुन्जेल कुनै पनि धरानवासीको उठिबास नलगाउने उनले प्रण गरेका छन्।

‘विकास मान्छेका लागि हो भने सबभन्दा पहिला मान्छेलाई बाँच्न दिनुपर्छ भनेर त्यो आन्दोलन चलेको थियो,’ साम्पाङले भने, ‘म मेयर हुञ्जेल कम्तीमा जनताको उठिबास लगाउने काम गर्दिनँ। पहिलो कुरा जनताले बाँच्न पाउनुपर्छ। तिनै जनतालाई रूवाएर गरिने विकास अर्थहीन हुन्छ।’

समाचार सेतोपाटीमा प्रकाशित छ ।

ShareTweetShare

सम्बन्धित खवर

ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु
अन्तर्राष्ट्रिय

ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…
खेलकुद

लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट
banner news

साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

बुद्धभुमि नेपाल हाइड्रोपावरकाे आईपीओकाे बाँडफाँडको मिति… !
आर्थिक

सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट

दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…
banner news

दुर्गा प्रसाईँले प्रधानमन्त्री सुशीला कार्कीसँग माफी माग्दै दिए मूर्ति उपहार

दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…
banner news

दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

5 months ago
लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

5 months ago
साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

5 months ago
बुद्धभुमि नेपाल हाइड्रोपावरकाे आईपीओकाे बाँडफाँडको मिति… !

सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट

5 months ago
दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…

दुर्गा प्रसाईँले प्रधानमन्त्री सुशीला कार्कीसँग माफी माग्दै दिए मूर्ति उपहार

5 months ago
दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…

दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…

5 months ago

खबरटाईम मिडिया प्रा.लि. द्वारा संचालित ताजाकुरा डटकम बिश्वको कुनै पनि कुनामा घटेका घटनाहरूलाई समाचारको रूपमा प्रकाशन गर्ने अनलाइन पोर्टल हाे । यदि यहाँहरूसँग हाम्रो बारेमा कुनै रिपोर्ट, सुझाव तथा कमेन्टहरू भएमा हामीलाई इमेलमा सिधै सम्पर्क गर्नुहाेला
वेबसाइट: https://tajakura.com
इमेल: admin@tajakura.com
सम्पर्क ठेगाना: काठमाडौँ नेपाल

सम्पर्क फोन: ९८५१०११०४६, ९८१८६१०४१५

  • situs panen77
  • b88 slot
  • s77 resmi
  • daftar slot88
  • judi slot online pulsa
  • slot online gacor
  • info rtp slot gacor
  • keluaran togel hari ini
  • daftar panengg
  • agen slot300
  • situs b88
  • sbobet login
  • rtp slot online
  • judi slot gacor online
  • slot deposit pulsa
  • poker online terpercaya
  • situs slot online
  • result hk lengkap
  • slot deposit dana
  • agen sbobet terpercaya
  • rtp live slot online
  • slot gacor gampang menang
  • slot deposit pulsa
  • judi poker online
  • daftar slot online
  • daftar sbobet
  • rtp slot gacor online
  • slot gacor hari ini
  • slot pulsa tanpa potongan
  • slot300 resmi
  • link alternatif b88
  • slot gacor hari ini
  • rtp live slot
  • rtp slot online
  • totoslot login
  • togel online
  • toto macau
  • daftar slot gacor
  • slot joker123
  • demo slot pragmatic play
  • rtp slot tereprcaya
  • sabung ayam sv388
  • situs slot deposit pulsa
  • slot deposit pulsa tanpa potongan
  • result togel online
  • sbobet wap
  • rtp live slot
  • slot gacor resmi
  • slot gacor
  • judi slot gacor terpercaya
  • rtp live slot gacor
  • daftar joker123
  • situs judi bola
  • slot pulsa tanpa potongan
  • keluaran togel online
  • daftar sultan188
  • agen sultan188
  • sultan188 resmi
  • sultan188
  • sultan188 terpercaya
  • situs panengg
  • slot gacor
  • slot online terpercaya
  • sultan69 login
  • daftar sultan69
  • sultan69 login
  • daftar sultan69
  • sultan69 slot
  • indoxx1
  • lk21 indoxxi
  • situs sultan69
  • sultan69 login
  • sultan69
  • slot69 slot
  • slot online terbaik
  • sultan188 slot
  • b88 login
  • prediksi sgp hari ini
  • result hk lengkap
  • prediksi sgp
  • paito hk
  • erek-erek
  • slot
  • rtp slot
  • berita judi online
  • bocoran slot gacor hari ini
  • judi slot deposit pulsa
  • situs joker123 terpercaya
  • agen sbobet wap
  • daftar idn poker online terpercaya
  • slot deposit pulsa
  • toto togel
  • slot pulsa
  • idn poker
  • daftar slot300
  • situs slot300
  • link alternatif slot300
  • judi slot88
  • prediksi sgp
  • prediksi hk
  • prediksi hk malam ini
  • prediksi hk
  • prediksi sydney
  • prediksi sgp hari ini
  • erek erek 3d
  • buku mimpi 2d
  • buku mimpi 4d
  • prediksi macau hari ini
  • togel hongkong
  • togel singapore
  • togel malaysia
  • slot138
  • panen138
  • panen138
  • lk21
  • indoxxi
  • nonton film lk21
  • slot300
  • slot300
  • panengg
  • panengg
  • panen77
  • rtp b88
  • agen s77
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/-/sbobet/
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/rtp-slot/
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/slot-gacor/
  • slot138
  • situs slot138
  • slot138 resmi
  • panen138 slot
  • situs panen138
  • http://actadiurna.fisip.unsoed.ac.id/wp-includes/lk21/
  • agen panengg
  • daftar sultan188
  • daftar slot138
  • slot138 terpercaya
  • rtp slot138
  • agen slot138
  • panen77 slot
  • panen137 resmi
  • daftar sultan69
  • situs sultan69
  • login panen138
  • panen138
  • daftar panen138
  • agen panen138
  • panen138 slot
  • rtp panen138
  • हाम्रो टीम

    सूचना बिभाग दर्ता नं: १४७/०७३-०७४

    सञ्चालक/प्रबन्ध निर्देशक : शोभा मानन्धर
    प्रधान सम्पादक : हरि मानन्धर
    साहित्यः यश घिमिरे (नेपाल)
    व्यवस्थापक : रतन चन्द
    डेक्स सम्पादक : कविता सेडाई
    प्रमुख सल्लाकार : कृष्ण ज्ञावली

    प्रवास प्रतिनिधिः सुमन कार्की
    शवनम (जापान)
    उजैन (कोरिया)

    समाचार               विजनेश

    समाज                             अर्थ

    खेलकुद                          रोजगार

    प्रवास                              बैँक/वित्त

    राजनीति                          अटो

    राष्ट्रिय                              सुचना/प्रवाधि

    अन्तर्राष्ट्रिय                        पर्यटन

    © 2021 TajaKura. All Rights Reserved

    No Result
    View All Result
    • समाचार
      • राष्ट्रिय
      • अन्तर्राष्ट्रिय
      • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
      • बैँक / वित्त
      • रोजगार
      • पर्यटन
    • खेलकुद
    • समाज
      • अपराध
      • अन्तर्वार्ता
      • संस्कृति
    • स्वास्थ्य/शिक्षा
    • सुचना/प्राविधि
    • साहित्य
      • कविता/गजल
    • प्रदेश
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती प्रदेश
      • कर्णाली प्रदेश
      • लुम्बिनी प्रदेश
      • गण्डकी प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • प्रवास
    • अन्य
      • विचार
      • फिचर
      • रोचक
      • पत्र-पत्रिका
      • राम्रो संसार

    © 2021 TajaKura. All Rights Reserved