काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले ४७ सालको संविधान व्युतिने कुनै सम्भावना नरहको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित ध्रुवीकरण कार्यक्रममा विप्लवले नेपालमा राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको र अहिलेको निकास ४७ सालको संविधान नभएको जिकिर गरे। उनले अब देश बचाउने जिम्मा अरुले नलिने भए नेपाल कम्युनिष्ट पार्टीले देश बचाउने जिम्मा लिने बताए।
महासचिव विप्लवले नेपाली जनतालाई समाजवादतर्फ लैजाने नेतृत्वसमेत आफ्नो पार्टीले गर्ने बताए। सामाजिक सञ्जालको प्रतिबन्ध निरंकुश व्यवस्थाको चरित्र भएको भन्दै जनताको मुख थुनेर शासन गर्न नसकिने उनको भनाइ छ।











आफ्नो प्रतिक्रिया दिनुहोस् !