TajaKura
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
    • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
    • बैँक / वित्त
    • रोजगार
    • पर्यटन
  • खेलकुद
  • समाज
    • अपराध
    • अन्तर्वार्ता
    • संस्कृति
  • स्वास्थ्य/शिक्षा
  • सुचना/प्राविधि
  • साहित्य
    • कविता/गजल
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • प्रवास
  • अन्य
    • विचार
    • फिचर
    • रोचक
    • पत्र-पत्रिका
    • राम्रो संसार
English
No Result
View All Result
TRENDING
प्रदेश सरकार प्रदेश १ प्रदेश सभा सुदुर पश्चिम कर्णाली प्रदेश भिडियो लुम्बिनी प्रदेश प्रदेश ३
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
    • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
    • बैँक / वित्त
    • रोजगार
    • पर्यटन
  • खेलकुद
  • समाज
    • अपराध
    • अन्तर्वार्ता
    • संस्कृति
  • स्वास्थ्य/शिक्षा
  • सुचना/प्राविधि
  • साहित्य
    • कविता/गजल
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • प्रवास
  • अन्य
    • विचार
    • फिचर
    • रोचक
    • पत्र-पत्रिका
    • राम्रो संसार
No Result
View All Result
No Result
View All Result

पूर्वराजा ज्ञानेन्द्रका ढुलमुले सारथिहरू…

पूर्वराजा ज्ञानेन्द्रका ढुलमुले सारथिहरू…

काठमाडौँ । नेपालमा पछिल्लो समय राजसंस्था पुनर्स्थापनाको मागसहित प्रदर्शन भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी र मेडिकल व्यवसायी दुर्गा प्रसाईंको अगुवाइमा राजसंस्थाको वकालत गर्दै छुट्टाछुट्टै प्रदर्शन भएका हुन् । समाचार रातोपाटीमा प्रकाशित छ ।

आजका दिनमा राजसंस्थाको पक्षमा उभिने केहीलाई बाध्यता र कोहीलाई आस्थाले डोर्‍याएको देखिन्छ । तर, राजसंस्थाको वकालत गर्नेहरु एकीकृत भने छैनन् । राजसंस्थाको लिगेसी बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राष्ट्रिय शक्ति नेपाल, नवराजावादी दुर्गा प्रसाईं लगायतको आ–आफ्नै सुर छ । राजसंस्थाबारे उनीहरुको आस्था र निष्ठामाथि पनि नागरिक तहमा प्रश्न छ ।

थरीथरीका राजावादी
राजसंस्थाको पक्षमा नागरिकलाई काठमाडौँको सडकमा उतारेर चिसो मौसममा राजनीतिक ताप बढाएका दुर्गा प्रसाईं पहिला गणतन्त्रवादी थिए । उनी राजावादी भएको वर्ष दिन पनि भएको छैन । उनी पहिले माओवादी पार्टीमा आबद्ध थिए ।

एमाले र माओवादी मिलेर गठित तत्कालीन नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीलाई आफ्नो घरमा मार्सी चामलको भात खुवाएको एउटा तस्बिर सार्वजनिक भएपछि प्रसाईं एकाएक चर्चामा आएका थिए ।

उनी त्यसबेला आफूले झापामा स्थापना गरेको एउटा मेडिकल कलेजलाई सम्बन्धन लिने प्रयासमा थिए । प्रसाईंले ओली र प्रचण्डबिच समझदारी बढाउन आफ्नै घरमा बैठक राखेर प्रभावित पार्न खोजेको देखिन्थ्यो ।

तर मापदण्ड पूरा नगरेका मेडिकल कलेजलाई चिकित्सा शास्त्र अध्यापनको सम्बन्धन दिन नहुने डा गोविन्द केसीको मागका कारण प्रसाईंको मेडिकल कलेजले सम्बन्धन पाउन सकेन । यहीबिचमा नेकपा फुटेपछि प्रसाईं एमालेका केन्द्रीय सदस्य बने ।

गत वर्ष झापामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई सहभागी गराएर एउटा कार्यक्रम गरेपछि एमालेबाट उनी निष्काशित हुन पुगे । त्यसपछि उनी एमालेविरुद्ध उग्र रूपमा प्रस्तुत हुँदै आएका छन् । प्रसाईंले बैंकको ब्याज र किस्ता नतिर्न आग्रह गर्दै देशव्यापी अभियान चलाइरहेका थिए ।

बैंकबाट लिएको झण्डै ६ अर्ब ऋण नतिरेका उनले लघुवित्त, सहकारीदेखि बैंकसम्मको ऋण मिनाहा हुनुपर्ने नारालाई अघि सार्दै मान्छेहरू भेला पार्ने र कार्यक्रम गर्ने गर्दै आएका छन् । काठमाडौँ केन्द्रित प्रसाईंको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ चौथो दिनसम्म आइपुग्दा शिथिल हुन पुगेको छ । आफ्नो आन्दोलनप्रति पूर्वराजा ज्ञानेन्द्रको मौनता रहेपछि प्रसाईं असन्तुष्ट रहेको बताइन्छ ।

यस्तै राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रको परिचय पनि नवराजवादी देखिन्छ । बीबीसीबाट जागिर छाडेपछि २०७३ फागुनमा रवीन्द्र मिश्र राजनीतिमा आए । व्यवस्था होइन अवस्था बदल्ने भन्दै मिश्रको नेतृत्वमा साझा पार्टी बन्यो ।

०७४ साउनमा वैकल्पिक राजनीतिको अभ्यास गरिरहेको विवेकशील र साझाबिच एकता भएर विवेकशील साझा जन्मियो । सोही वर्षको मंसिरमा भएको आम निर्वाचन विवेकशील साझाले प्रत्यक्षतर्फ एक सिट पनि जित्न नसकेपछि समानुपातिकमा छैटौँ दल बनेको थियो । विवेकशील साझाको एकता टिक्न सकेन । २०७५ पुस २७ मा विवेकशील साझा विभाजन भएर विवेकशील नेपाली दल बिउँतियो ।

तर, ०७७ मंसिर २४ मा विवेकशील नेपाली दल र साझाबिच पुनः एकता भयो । मिश्रले ‘संघीयता र धर्मनिरपेक्षता’ मा जनमत संग्रह गर्नुपर्ने प्रस्ताव गरेपछि विवेकशील पुनः छिन्नभिन्न भयो । मिश्रको राजावादी रुझानलाई मिलन पाण्डे लगायतका नेताले स्वीकारेनन् ।

विवाद चलिरहेका बेला मिश्र पक्षले केन्द्रीय समितिको भर्चुअल बैठक गर्दै संयोजकको अधिकार खोसेर अध्यक्षलाई बलियो बनाउने गरी विधान संशोधन ग¥यो । साथै संघीयता खारेज गर्ने र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्ने प्रस्ताव पास ग‍र्यो ।

विवाद चर्किरहेका बेला मिश्रले ०७८ मंसिरमा सिटिजन्स डिसकशन फोरम र राष्ट्रिय जनता दरबार पार्टीलाई विवेकशील साझामा भित्र्याए । पाण्डेमाथि कारबाहीको डण्डा चलाए । विस्तारै मिश्रले पाण्डे निकट २६ जना केन्द्रीय सदस्यलाई पार्टीबाट निष्कासित गरिदिए । बाँकी रहेकाहरुसँग पनि मिश्रको लफडा चलिरह्यो ।

मिश्र र संगठन विभाग प्रमुख निर्देश सिलवाल पक्षबिचको विवाद सतहमा आयो । त्यसपछि विवेकशील साझा छाड्नेको लर्को लाग्यो । ०७९ वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा निराशाजनक मत परिणाम आएपछि अध्यक्ष मिश्र विवेकशील साझाबाट पार नलाग्ने निष्कर्षमा पुगे । उनी असोजमा १२ मा विवेकशील साझाबाट आफ्नो समूह लिएर पूर्व पञ्चहरुको पाटी राप्रपामा प्रवेश गरे । अहिले उनी राप्रपामा पनि खाँटी राजावादीको रुपमा प्रस्तुत भइरहेका छन् ।

यता राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्थालाई त्याग्ने र अँगाल्ने गरिरहेका छन् । २०६२–६३ को जनआन्दोलनले गणतन्त्र स्थापना गरेपछि थापाले राजतन्त्र पुनःस्थापनाको मुद्दा सशक्त रूपमा उठाएका थिए । उनले २०६३ मा ‘राजासहित प्रजातन्त्र’ को मूल विचारसहित राप्रपा नेपाल स्थापना गरेका थिए । पहिलो संविधानसभा निर्वाचनमा उनको पार्टीले समानुपातिकतर्फ २५ सिट पाएको थियो । उक्त शक्तिलाई सत्तामा साटेपछि थापाप्रति राजावादीको विश्वास डगमगायो । २०७४ को निर्वाचनमा थापा नेतृत्वको राप्रपा राष्ट्रिय पार्टीसमेत बन्न सकेन ।

राप्रपाको २०७८ मंसिरमा सम्पन्न महाधिवेशनमा थापाको नेतृत्वलाई कार्यकर्ताले अस्वीकार गरे । राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि राजसंस्थाप्रति थापाको मोह भङ्ग भएको थियो । आफ्नो पराजयमा पूर्वराजा ज्ञानेन्द्रको हात रहेको उनको सार्वजनिक आरोप थियो । २०७८ फागुनमा अध्यक्षबाट लाक्पा तामाङलाई राजीनामा गर्न लगाएर राप्रपा नेपालको नेतृत्व लिएका थापाले केही महिना ढुलमुले नीति लिए ।

२०७९ को आम निर्वाचनमा उनी स्वयं मकवानपुर–१ मा एमालेको सूर्य चिह्न लिएर उम्मेदवार बनेका थिए । तर, राप्रपाका दीपक सिंहसँग पराजित हुन पुगे । यता उनको पार्टीले देशभरबाट मुस्किलले ११ हजार भोट पायो । त्यसपछि २०८० भदौमा उनी संवैधानिक राजसंस्थाको मुद्दामा फर्किएका छन् ।

राजसंस्थाको एजेन्डा बोकेर थापा नेतृत्वको राप्रपा नेपाल बेला बखत सडक आन्दोलन गरिरहेको छ । यस्तै राजावादीले भरोसा गरेका राप्रपाका अध्ययक्ष राजेन्द्र लिङ्देनलाई सत्ताको काउसोले छोडेको छैन । देशमा राजतन्त्र फर्काउने र हिन्दु राज्य बनाउने प्रमुख एजेण्डा बनाएर राजनीति गरिरहेको राप्रपाको सत्तारोहणले लिङ्देन आलोचित भए ।

राजतन्त्र फर्काउने प्रमुख एजेण्डा बोकेर मत प्राप्त गरेको राप्रपा गणतन्त्रका लागि जनयुद्ध गरेको नेता प्रचण्डकै नेतृत्वमा रहेको सरकारमा जानुलाई लिङ्देनको सत्तामोहको रुपमा टिप्पणी भयो । सत्तासँग एजेण्डा साटेको भन्दै लिङ्देनको सत्तारोहणलाई पनि कमल थापा प्रवृत्तिका रुपमा व्याख्या गरिएको थियो । संघीयता खारेजीको एजेण्डा बोकेको राप्रपा प्रदेशमा समेत सत्तास्वपानमा रमायो ।

सत्ता भागबण्डामा बागमती प्रदेशमा सभामुख समेत लिएको राप्रपा कोशी, बागमती, लुम्बिनी लगायतका प्रदेश सरकारमा सहभागी भएको थियो । एमाले नेतृत्वको गठबन्धन भत्किएपछि राप्रपा सत्ताबाट बाहिरिन पुगेको छ । गत वर्ष माघ ३ सरकारमा सहभागी भएको राप्रपा फागुन १५ मा बाहिरिएको थियो ।

साढे एक महिने सत्ता भोगले राजसंस्थाबारे लिङ्देनको निष्ठामाथि प्रश्न उठाइदिएको छ । यद्यपि राप्रपाका अध्यक्ष लिङ्देनले ०६२–६३ को राजनीतिक परिवर्तनपछि पनि राजतन्त्र र हिन्दु राष्ट्रको मुद्दा भने छाडेका थिएनन् र छैनन् ।

राप्रपाका नेता पशुपति शम्शेर राणा, प्रकाशचन्द्र लोहनी लगायत पनि गणतन्त्रको स्वाद चाखेर अहिले चर्को राजावादी बनेका छन् । राप्रपाका सांसद ज्ञानबहादुर शाही पनि विगतमा राजसंस्थाको विपक्षमा अभिव्यक्ति दिँदै हिँड्ने गर्थे । अहिले उनीहरु राजसंस्था पुनः स्थापनाका लागि आन्दोलनको मैदानमा देखिन्छन् ।

पूर्वपञ्च केशरबहादुर विष्ट राष्ट्रिय शक्ति नेपालको नाममा राजसंस्थाको पक्षमा गतिविधि गर्दै आएका छन् । उनी पञ्चायतको पतनपछि राजनीतिका अनेक बाटो हिँडे । २०४६ को परिवर्तनपछि कांग्रेस पनि बने । २०६३ को परिवर्तनपछि राप्रपा नेपालदेखि सबै गुटका राप्रपामा नेता पनि बने । विष्टले राप्रपामा लामो समय बिताए ।

पशुपति शमशेर, लोकेन्द्रबहादुर चन्द, प्रकाशचन्द्र लोहनीलगायतका नेताहरू उनी निकट थिए । विष्ट २७ माघ २०७२ देखि नै राप्रपाबाट अलग्गिएर सेरेमोनियल राजतन्त्रको एजेण्डासहित एकीकृत राष्ट्रवादी शक्ति निर्माण अभियानमा सक्रिय छन् ।

के भन्छन् विश्लेषक ?
राजनीतिक विश्लेषक देवप्रकाश त्रिपाठीले कम्युनिस्टहरुले साम्यवाद देखाए जस्तै नयाँ र पुराना पञ्चहरुले राजा र हिन्दुत्वको मुद्दालाई राजनीति गर्ने माध्यम बनाएको बताए । साथै राजेन्द्र लिङ्देन, रविन्द्र मिश्र, कमल थापा, केशरबहादुर विष्ट, दुर्गा प्रसाईंहरुले भाइरल हुन राजसंस्थाको मुद्दा उठाइरहेको उनको भनाइ छ ।

‘के भन्दा भोट आउँछ, के भन्दा जनताको ध्यान आफूतिर आकर्षित हुन्छ, त्यही भनिराखेको देखिन्छ,’ उनले भने, ‘उनीहरुको आन्दोलनले राजसंस्था पुनः स्थापनाको सम्भावनालाई अझै टाढा पुर्याउने देख्छु म त । अहिलेको प्रयासले राजसंस्था पुनःस्थापित हुने सम्भावना छैन ।’

उनका अनुसार आन्दोलनबाट राजसंस्था पुनःस्थापित हुने कुरा आफैँमा नौलो अभ्यास हुन्छ । ‘बेलायत, स्पेन, कम्बोडिया, थाइल्याड, मलेसिया लगायतका देशमा राजसंस्था पुनः स्थापित भएको दृष्टान्त छ । तर, आन्दोलनबाट होइन । त्यतिबेलाको परिस्थिति र राष्ट्रिय आवश्यकताले निर्धारण गर्ने हो,’ उनले भने ।

एउटा विचार समूह बनाएर गरिने आन्दोलनबाट नेता जन्मिने भए पनि राजा ल्याउन नसक्ने त्रिपाठीको भनाइ थियो । ‘राजा सबैको राजा हुने परिस्थितिमा मात्र राजसंस्था आउन सक्छ । आन्दोलन गरेर राजसंस्था पुनः स्थापित गर्छु भन्ने कुरा सैद्धान्तिक रुपमा गलत छ । आन्दोलनले राजसंस्थाको पक्षमा जागरण पैदा गर्ने एउटा कुरा हुन्छ,’ उनले भने ।

अहिले राजसंस्थाको पक्षमा माहोल देखिनुका पछाडि नयाँ र पुराना राजनीतिक अभ्यास कारक भएको त्रिपाठी बताउँछन् । ‘राजनीतिक दलले डेलिभरी पनि दिन सकेका छैनन् । दलहरुले राष्ट्र केन्द्रित काम गर्छन् भन्ने पनि भएन । त्यो असन्तुष्टिलाई कुनै वैकल्पिक शक्तिले पनि क्यास गर्न सक्थ्यो,’ त्रिपाठी भन्छन्, ‘तर, वैकल्पिक शक्ति बन्नेहरु पनि दलको विकल्प बन्न खोजे । तर, यो अवस्था र व्यवस्थाको विकल्प दिन कसैले खोजेन । मान्छेमा रहेको असन्तुष्टिलाई जसले पनि क्यास गर्न सक्ने अवस्था बन्यो ।’

दुर्गा प्रसाईंजस्तो साधारण व्यवसायीले यही कुरा गरिदिँदा पनि मानिसहरुमा तरङ्ग पैदा भएको उनको बुझाइ छ । यद्यपि स्वार्थ अनुसार भावना बनाउनेहरुले राजसंस्था पुनःस्थापनाको एजेण्डा इमानदारपूर्वक बोलेका होला भन्ने पुष्टि नभएको उनको तर्क छ । यस्तै राजनीतिक विश्लेषक कृष्ण पोखरेलका अनुसार परिवर्तनका संवाहक राजनीतिक शक्तिले डेलिभरी गर्न नसक्दा राजसंस्था पुनःस्थापनाको एजेण्डाले अलिकति भाउ पाएको देखिन्छ ।

‘त्यो बिक्री हुने देखिएर राजेन्द्र लिङ्देन, कमल थापा, दुर्गा प्रसाईंहरु त्यसमा लागेका हुन् । विगतमा उनीहरु परिवर्तनलाई आत्मासात् गरेर त्यसको लाभांश लिने ठाउँमा थिए । राजावादी जमातले यिनीहरुको विश्वास गर्छ जस्तो मलाई लाग्दैन,’ उनले भने । पोखरेलका अनुसार संवैधानिक बाटोबाट राजावादी शक्तिले राजसंस्थालाई पुनः स्थापित गर्ने सम्भावना पटक्कै छैन । ‘एक किसिमको राजनीतिक गडबडीको परिस्थिति सिर्जना गर्दा के हुन्छ भन्न सकिँदैन । तर, त्यसको पनि सम्भावना अहिले देखिँदैन,’ उनले भने ।

राजसंस्थावादीहरुले आगो बालिराख्ने काममात्र गरेको उनको भनाइ छ । ‘आगो त बालिराख्नु प-यो नि त । त्यो आगो कहिले अलि लाग्छ, कहिले अलि कम हुन्छ । उनीहरुको कोसिस आगो बालिराख्ने मात्र हो जस्तो लाग्छ मलाई,’ पोखरेलले भने ।

गणतन्त्रवादी (केपी ओली)ले बोकेर राजावादी राप्रपाको अस्तित्व जोगिएको उनको भनाइ छ । ‘२०७४ मा पनि केपी ओलीले बोकिदिँदा राप्रपाको बिउ जोगियो । यो पटक पनि धेरै ठाउँमा एमालेसँगकै चुनावी तालमेलले राप्रपाको आकार देखिएको हो,’ उनी भन्छन्, ‘राप्रपाको हैसियत त गत वैशाखमा भएको उपनिर्वाचनले देखाएको थियो । उपनिर्वाचनमा राप्रपा दृश्यमै आएन । राजसंस्थाको एजेण्डामार्फत राप्रपाले संवैधानिक ढंगले राजसंस्था पुनःस्थापित गराउने सम्भावना छैन ।’

ShareTweetShare

सम्बन्धित खवर

ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु
अन्तर्राष्ट्रिय

ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…
खेलकुद

लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट
banner news

साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

बुद्धभुमि नेपाल हाइड्रोपावरकाे आईपीओकाे बाँडफाँडको मिति… !
आर्थिक

सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट

दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…
banner news

दुर्गा प्रसाईँले प्रधानमन्त्री सुशीला कार्कीसँग माफी माग्दै दिए मूर्ति उपहार

दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…
banner news

दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

4 months ago
लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

4 months ago
साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

4 months ago
बुद्धभुमि नेपाल हाइड्रोपावरकाे आईपीओकाे बाँडफाँडको मिति… !

सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट

4 months ago
दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…

दुर्गा प्रसाईँले प्रधानमन्त्री सुशीला कार्कीसँग माफी माग्दै दिए मूर्ति उपहार

4 months ago
दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…

दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…

4 months ago

खबरटाईम मिडिया प्रा.लि. द्वारा संचालित ताजाकुरा डटकम बिश्वको कुनै पनि कुनामा घटेका घटनाहरूलाई समाचारको रूपमा प्रकाशन गर्ने अनलाइन पोर्टल हाे । यदि यहाँहरूसँग हाम्रो बारेमा कुनै रिपोर्ट, सुझाव तथा कमेन्टहरू भएमा हामीलाई इमेलमा सिधै सम्पर्क गर्नुहाेला
वेबसाइट: https://tajakura.com
इमेल: admin@tajakura.com
सम्पर्क ठेगाना: काठमाडौँ नेपाल

सम्पर्क फोन: ९८५१०११०४६, ९८१८६१०४१५

  • situs panen77
  • b88 slot
  • s77 resmi
  • daftar slot88
  • judi slot online pulsa
  • slot online gacor
  • info rtp slot gacor
  • keluaran togel hari ini
  • daftar panengg
  • agen slot300
  • situs b88
  • sbobet login
  • rtp slot online
  • judi slot gacor online
  • slot deposit pulsa
  • poker online terpercaya
  • situs slot online
  • result hk lengkap
  • slot deposit dana
  • agen sbobet terpercaya
  • rtp live slot online
  • slot gacor gampang menang
  • slot deposit pulsa
  • judi poker online
  • daftar slot online
  • daftar sbobet
  • rtp slot gacor online
  • slot gacor hari ini
  • slot pulsa tanpa potongan
  • slot300 resmi
  • link alternatif b88
  • slot gacor hari ini
  • rtp live slot
  • rtp slot online
  • totoslot login
  • togel online
  • toto macau
  • daftar slot gacor
  • slot joker123
  • demo slot pragmatic play
  • rtp slot tereprcaya
  • sabung ayam sv388
  • situs slot deposit pulsa
  • slot deposit pulsa tanpa potongan
  • result togel online
  • sbobet wap
  • rtp live slot
  • slot gacor resmi
  • slot gacor
  • judi slot gacor terpercaya
  • rtp live slot gacor
  • daftar joker123
  • situs judi bola
  • slot pulsa tanpa potongan
  • keluaran togel online
  • daftar sultan188
  • agen sultan188
  • sultan188 resmi
  • sultan188
  • sultan188 terpercaya
  • situs panengg
  • slot gacor
  • slot online terpercaya
  • sultan69 login
  • daftar sultan69
  • sultan69 login
  • daftar sultan69
  • sultan69 slot
  • indoxx1
  • lk21 indoxxi
  • situs sultan69
  • sultan69 login
  • sultan69
  • slot69 slot
  • slot online terbaik
  • sultan188 slot
  • b88 login
  • prediksi sgp hari ini
  • result hk lengkap
  • prediksi sgp
  • paito hk
  • erek-erek
  • slot
  • rtp slot
  • berita judi online
  • bocoran slot gacor hari ini
  • judi slot deposit pulsa
  • situs joker123 terpercaya
  • agen sbobet wap
  • daftar idn poker online terpercaya
  • slot deposit pulsa
  • toto togel
  • slot pulsa
  • idn poker
  • daftar slot300
  • situs slot300
  • link alternatif slot300
  • judi slot88
  • prediksi sgp
  • prediksi hk
  • prediksi hk malam ini
  • prediksi hk
  • prediksi sydney
  • prediksi sgp hari ini
  • erek erek 3d
  • buku mimpi 2d
  • buku mimpi 4d
  • prediksi macau hari ini
  • togel hongkong
  • togel singapore
  • togel malaysia
  • slot138
  • panen138
  • panen138
  • lk21
  • indoxxi
  • nonton film lk21
  • slot300
  • slot300
  • panengg
  • panengg
  • panen77
  • rtp b88
  • agen s77
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/-/sbobet/
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/rtp-slot/
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/slot-gacor/
  • slot138
  • situs slot138
  • slot138 resmi
  • panen138 slot
  • situs panen138
  • http://actadiurna.fisip.unsoed.ac.id/wp-includes/lk21/
  • agen panengg
  • daftar sultan188
  • daftar slot138
  • slot138 terpercaya
  • rtp slot138
  • agen slot138
  • panen77 slot
  • panen137 resmi
  • daftar sultan69
  • situs sultan69
  • login panen138
  • panen138
  • daftar panen138
  • agen panen138
  • panen138 slot
  • rtp panen138
  • हाम्रो टीम

    सूचना बिभाग दर्ता नं: १४७/०७३-०७४

    सञ्चालक/प्रबन्ध निर्देशक : शोभा मानन्धर
    प्रधान सम्पादक : हरि मानन्धर
    साहित्यः यश घिमिरे (नेपाल)
    व्यवस्थापक : रतन चन्द
    डेक्स सम्पादक : कविता सेडाई
    प्रमुख सल्लाकार : कृष्ण ज्ञावली

    प्रवास प्रतिनिधिः सुमन कार्की
    शवनम (जापान)
    उजैन (कोरिया)

    समाचार               विजनेश

    समाज                             अर्थ

    खेलकुद                          रोजगार

    प्रवास                              बैँक/वित्त

    राजनीति                          अटो

    राष्ट्रिय                              सुचना/प्रवाधि

    अन्तर्राष्ट्रिय                        पर्यटन

    © 2021 TajaKura. All Rights Reserved

    No Result
    View All Result
    • समाचार
      • राष्ट्रिय
      • अन्तर्राष्ट्रिय
      • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
      • बैँक / वित्त
      • रोजगार
      • पर्यटन
    • खेलकुद
    • समाज
      • अपराध
      • अन्तर्वार्ता
      • संस्कृति
    • स्वास्थ्य/शिक्षा
    • सुचना/प्राविधि
    • साहित्य
      • कविता/गजल
    • प्रदेश
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती प्रदेश
      • कर्णाली प्रदेश
      • लुम्बिनी प्रदेश
      • गण्डकी प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • प्रवास
    • अन्य
      • विचार
      • फिचर
      • रोचक
      • पत्र-पत्रिका
      • राम्रो संसार

    © 2021 TajaKura. All Rights Reserved