बलिउड अभिनेत्री श्रद्वा कपूर दमदार अभिनयको कारण दर्शकबीच चर्चित छन्। अभिनयसँगै उनको व्यक्तिगत जीवनबाट पनि दर्शक प्रभावित भएका छन्। फिल्ममा आउनुअघि उनी रेस्टुरेन्टमा काम गर्थिन्।
उनी छोटो समयमै चर्चा बटुल्न सफल भएकी छन्। जब उनी १६ वर्षकी थिइन् उनलाई अभिनेता सलमान खानको फिल्मको अवसर आएको थियो। विभिन्न कारणले गर्दा उनले सलमानको फिल्ममा काम गर्न सकिनन्।
उनले ‘आशिकी २’ फिल्मबाट बलिउडमा डेब्यू गरेकी थिइन्। उनले एक अन्तर्वार्तामा आफ्नो कामको बारेमा बताएकी थिइन्। उनले सन् २०१५ मा फेसन ब्रान्ड पनि खोलेकी थिइन्। ब्रान्डको नाम इमारा राखिएको थियो।
उनको सम्पत्ति ५७ करोड भारू छ। उनी एक फिल्मको लागि ५ देखि ६ करोडसम्म पारिश्रमिक लिन्छिन्। सन् २०१४ मा इन्टरनेटमा उनको नाम सबैभन्दा धेरै खोजिएको थियो।












आफ्नो प्रतिक्रिया दिनुहोस् !