काठमाडाैं । पाँचथरकाे फिदिममा नेकपा एमालेकाे संकल्प यात्राले अभूतपूर्व समर्थन पाएकाे छ । अनेक अवरोध र बन्द हडतालबीच पनि एमालेकाे झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राले शनिबार अभूतपूर्व समर्थन पाएकाे हाे ।
संकल्प यात्रा अन्तर्गत शनिबार फिदिममा आयाेजित जनसभामा एमालेकाे पक्षमा विशाल जनसागर उर्लिएकाे छ । सभामा एमालेका नेता-कार्यकर्ता, शुभचिन्तक, स्थानीय र सर्वसाधारणकाे विशाल उपस्थिति थियाे ।
जनसभालाई एमाले अध्यक्ष केपी शर्मा ओली, प्रतिनिधि सभा सदस्य वसन्त नेम्वाङले सम्बाेधन गर्नुभएकाे थियाे । शनिबार बिहान अध्यक्ष ओलीकाे जन्मथलाे पाँचथरकाे आठराईबाट हिँडेकाे संकल्प टाेली मध्यान्ह पाँचथर पुगेकाे थियाे ।समृद्धिका लागि संकल्प यात्रा अन्तर्गत अध्यक्ष ओली नेतृत्वकाे टाेलीले आज १७औं दिनकाे यात्रा गरिरहेकाे छ ।
फिदिममा आज आयाेजित साे जनसभा संकल्प यात्राकाे अन्तिम जनसभा हाे । एमालेकाे संकल्प टाेली भाेलिपनि पाँचथरमै रहनेछ ।चिवाभञ्ज्याङ पुगेर संकल्प यात्रा समापन गरिनेछ ।











आफ्नो प्रतिक्रिया दिनुहोस् !