मोहन गमालको प्रस्तुती अनि शंकर अधिकारी घायलो लेखन/ निर्देशन रहेको फिदा मुविको गीत तिमी तिरै तान्यो मायाले बोलको रिलिज गरिएकोछ।
उक्त गीतसमा नित्याशिवा र बाबुल गिरीको स्वर बाबुलकै संगीतमा शंकर अधिकारी घायलको गीत रहेको छ । राजु पौड्याल र दिप्ती लामिछाने लाई गीतमा फिचर्ड गरिएको छ । राजन महर्जन को नृत्य निर्देशनमा बिस्वास भण्डारी को छायांकन र सम्पादन रहेकोछ।
राजु किरातको द्वन्द, हरि मानन्धर बिबश, शंकर अधिकारी घायल, दस बहादुर तामाङको गीत, गैह्रे सुरेस, राजेन्द्र श्रेष्ठ धनिराम राइ , शंकर अधिकारी घायल को संगीत मा अन्जु पन्त, नित्याशिवा, मनोज राज , राजेश पायल राइको स्वर रहेकोछ ।
राजु पौड्याल, दिप्ती लामिछाने, प्रवेश लिम्बू, बिजय राज, अमर ओलि टन्क खड्का ,प्रतिभा राई सरोज शिवाको अभिनय रहेको छ भने शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेको छ ।
भिडियोः











आफ्नो प्रतिक्रिया दिनुहोस् !