काठमाण्डाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ फेरि बढाएको छ।
भारतीय आयल कर्पोरेसनले मूल्य बढाएर पठाएको भन्दै नेपाल आयल निगमले बुधबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो। निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ५ रूपैयाँले बढाएको छ।
बढेको मूल्यअनुसार अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १५५ रूपैयाँ पर्नेछ। डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १३८ रुपैयाँ पर्नेछ। हवाई इन्धनको मूल्य पनि बढेको छ। आन्तरिकतर्फ प्रतिलिटर १५ रूपैयाँ र अन्तर्राष्ट्रियतर्फ २०० डलर वृद्धि भएको छ।
यस्तै, एलपी ग्यासको मूल्य पनि बढाइएको छ। बढेको मूल्य अब प्रतिसिलिन्डर १५७५ पुगेको छ। निगमले केहीअघि मात्रै पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो। बुधबार समायोजन गरिएको मूल्यमा समेत घाटा व्यहोर्नु पर्ने अवस्था रहेको आयल निगमले विज्ञप्तिमा जनाएको छ।











आफ्नो प्रतिक्रिया दिनुहोस् !