हानेदा अन्तर्राष्ट्रिय विमानस्थलमा जापान एयरलाइन्सको जहाजसँग ठोक्किएको अर्को जहाज भूकम्प प्रभावित क्षेत्रतर्फ जाने तयारीमा रहेको खुलेको छ ।
सोमबार मात्रै मध्य जापानको इशिकावा प्रान्तमा भूकम्प गएको थियो भने त्यसमा परी हालसम्म ४८ जनाको मृत्यु भइसकेको छ । सोही क्षेत्रमा राहत तथा उद्धार कार्य र सामान ढुवानी गर्ने प्रयोजनका लागि जापानी कोस्ट गार्डको विमान निगाता विमानस्थलतर्फ जाँदै थियो।
कोस्ट गार्डले भनेको छ, ‘हानेदा विमानस्थलमा जापानी कोस्ट गार्डको विमान जापान एयरलाइन्सको विमानसँग ठोक्किएको छ । जापान कोस्टगार्डको विमान उद्धार कार्यमा सामेल हुन र सामान ढुवानी गर्न निगातातर्फ जाँदै थियो।’
विमानमा ६ जना यात्रु सवार थिए । तीमध्ये एक जनालाई उद्धार गरिएको भएपनि पाँच जना हराइरहेका छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !