काठमाडौं । आजको लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आजको लागि बैंकले तोकेको मूल्य अनुसार मुद्राको विनिमय दर अमेरिकी डलर एकको नेपाली खरिद दर १३२ रुपैयाँ ५७ पैसा र बिक्री दर १३३ रुपैयाँ र १७ पैसा रहेको छ ।
त्यसै गरी युरो एकको नेपाली खरिद दर १४० रुपैयाँ १५ पैसा र बिक्रीदर १४० रुपैयाँ ७९ पैसा , पाउण्ड स्टर्लिङ एकको खरिददर १६१ रुपैयाँ र ७३ पैसा बिक्रीदर १६२ रुपैयाँ ४६ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ३१ पैसा र बिक्री दर ८५ रुपैयाँ ६९ पैसा कायम भइ कारोबार भइरहेको छ ।
यस्तै आज जापानी यन १० को खरिददर ८ रुपैयाँ ८७ पैसा र बिक्रीदर ८ रुपैयाँ ९२ पैसा तथा कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५२ पैसा रहेको छ ।
बिस्तृतमा हेर्नुहोस्ः
© Forex Nepal
आफ्नो प्रतिक्रिया दिनुहोस् !