TajaKura
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
    • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
    • बैँक / वित्त
    • रोजगार
    • पर्यटन
  • खेलकुद
  • समाज
    • अपराध
    • अन्तर्वार्ता
    • संस्कृति
  • स्वास्थ्य/शिक्षा
  • सुचना/प्राविधि
  • साहित्य
    • कविता/गजल
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • प्रवास
  • अन्य
    • विचार
    • फिचर
    • रोचक
    • पत्र-पत्रिका
    • राम्रो संसार
English
No Result
View All Result
TRENDING
प्रदेश सरकार प्रदेश १ प्रदेश सभा सुदुर पश्चिम कर्णाली प्रदेश भिडियो लुम्बिनी प्रदेश प्रदेश ३
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
    • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
    • बैँक / वित्त
    • रोजगार
    • पर्यटन
  • खेलकुद
  • समाज
    • अपराध
    • अन्तर्वार्ता
    • संस्कृति
  • स्वास्थ्य/शिक्षा
  • सुचना/प्राविधि
  • साहित्य
    • कविता/गजल
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • प्रवास
  • अन्य
    • विचार
    • फिचर
    • रोचक
    • पत्र-पत्रिका
    • राम्रो संसार
No Result
View All Result
No Result
View All Result

कथित अभियानका ‘दुर्गन्धित’ अभियन्ताको चिरफार ! चर्चापछि को कहाँ छन्?

कथित अभियानका ‘दुर्गन्धित’ अभियन्ताको चिरफार ! चर्चापछि को कहाँ छन्?

नेपालमा स्थापित हुँदै गर्दा टेलिभिजन कार्यक्रम छोडेर रबि लामिछाने अमेरिका पलायन भए । उनले नेपाली नागरिकता समेत त्यागेको चर्चा थियो । तिनै लामिछाने सन् २०१३ मा नेपाल फर्किएपछि न्युज २४ च्यानलमा लगातार ६० घण्टा अन्तर्वार्ता लिए । उक्त अन्तर्वार्तापछि उनको चर्चा एकाएक बढ्यो ।

गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्‍ने सन्देश दिन खुल्लामञ्‍चमा ७५ हजार मानिसहरु उतार्ने कार्यक्रमको आयोजक समूहमा आवद्ध भएपछि उनले नेपालीको मन जित्‍ने थप मौका पाए । नेपालमा राम्रो अवसरको खोजीमा रहेका लामिछानेले २०७२ सालमा नेपाल टेलिभिजनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिएर ‘सिधा कुरा प्रधानमन्त्री’सँग नामक साप्ताहिक कार्यक्रम सुरु गरे । तर ओली प्रधानमन्त्रीबाट हटेर पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएपछि उक्त कार्यक्रम टेलिभिजिनबाट हटाइयो ।
images

प्रचण्डलाई सत्तोसराप गर्दै न्युज २४ टेलिभिजनमा पुगेका लामिछानेले नेपाल टेलिभिजिनमा गर्दै गरेको कार्यक्रमको नाम र स्वरुप फेरे अनि ‘सिधाकुरा जनता’सँग बनाएर सञ्चालन सुरु गरे । उनले कार्यक्रम सुरु गर्दा त केही थिएन । तर उनी क्यामरा बोकेर व्यक्ति-व्यक्तिलाई गाली गर्दै हिँड्न थाले । मानिसको गल्तीको तिललाई पहाड बनाए । उनका उत्तेजित भिडियोहरुले राम्रै दर्शक बटुले । सत्ताको विपक्षमा रहेका दर्शकहरु उनको उत्तेजनाको समर्थक बने ।

लामिछानेका समर्थकहरु खाडी मुलुकमा रहेका मजदुरहरु धेरै छन् । जसलाई नेपालको राजनीति र सत्तासँग कुनै चासो छैन । अझ राजनीतिक नेताहरुको वास्तविकता थाहा छैन । त्यस्ता व्यक्तिहरु पनि उनको कार्यक्रम हेरेपछि नेताहरुलाई गाली गर्ने स्तरमा पुगे । लामिछानेले आफूलाई यसरी स्थापित गर्न खोजे कि उनी जस्तो निष्पक्ष, देशभक्त र मानवीयता भएको शिक्षित अनि जान्‍ने बुझ्‍ने कोही छैन । दुई पक्षका रिसीईबीमा प्रहरी, अदालत र न्यायाधीश समेत उनी आफैं बन्‍न थाले ।

नेपालको अख्तियारले ‘साना माछा पक्डेर ठूला माछा छोड्छ’ भन्‍ने आरोप लागेझैं लामिछाने पनि ठूला घटनाहरुमा बार्गेनिङ गरेर ठूलै रकम असुल्ने गर्छन् । त्यस्ता घटनामाथि बनाएको भिडियो सार्वजनिक नगरी गायब गर्छन् भन्‍ने कुरा उनका सहकर्मी सालिकराम पुडाशैनीले आत्महत्या गर्नुअघि बोलेका थिए । पुडाशैनीलाई आत्महत्या गर्न बाध्य पारेको भन्दै चितवन प्रहरीले दुरुत्साहन मुद्दा चलाएर १० दिनसम्म हिरासतमा राख्यो । सर्वसाधारणलाई २४ दिनसम्म हिरासतमा राख्‍ने अदालतले लामिछानेलाई १० दिनमै थुनछेक बहस गरेर गलत नजीर बसाएको भन्दै अदालतको आलोचना समेत भएको थियो ।

लामिछानेले अदालतमा मात्र नजिर बसाएनन् । एउटा क्यामरा हुनासाथ जसको जे भिडियो बनाए पनि हुने रहेछ भन्ने नजिर समेत स्थापित गरिदिए । उनको सिको गर्दै युट्युबरहरु उग्र भिडियो बनाउन थाले । बाजुराको व्यक्तिको विषयमा बनाएको भिडियो ताप्लेजुङको मान्छेलाई देखाएर टिप्पणी गर्न लगाउन थाले । त्यस व्यक्तिलाई नानाथरी गाली गर्न लगाउन थाले । अनि युट्युबरले आफूलाई स्वघोषित पत्रकार बनाए भने चिन्दै नचिनेको मान्छेको बारेमा बोल्ने र गाली गर्ने व्यक्ति स्वघोषित अभियन्ता भए ।

प्रविधिको विकासले गर्दा एक ठाउँबाट प्रसारित गरेको भिडियो निमेष भरमै विश्वमा फैलिन्छ । संसारको जुनसुकै ठाउँबाट हेर्न सकिन्छ । यसरी युट्युबरको प्रयोगबाट अभियन्ता बनाइएकाहरु विभिन्‍न प्रकरणमा मुछिएर विवादमा आइरहेका छन् ।

युट्युबमै अरुको बारेमा भद्दा टिप्पणी गरेर आफूलाई अभियन्ता बताउनेहरुले आफूलाई समाजसेवी समेत दाबी गर्ने गरेका छन् । युट्युबमा भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमार्फत उनीहरुको सम्बन्ध विदेशमा भएका नेपालीहरुसँग बन्छ । त्यसै पनि मनकारी भनिएका नेपालीहरुसँग नेपालका व्यक्तिका समस्यादेखि महामारीका कारुणिक दृष्यहरु देखाइन्छन् अनि सहयोग मागिन्छ । तर उनीहरुले कति सहयोग पाए र कति लक्षित ठाउँमा पुर्‍याए भन्ने लेखाजोखा छैन ।

युट्युबमा सबैभन्दा बढी बोल्ने व्यक्तिका रुपमा चिनिएका पुण्य गौतम र बेवारिसे शव जलाएर चर्चामा आएका बिनयजंग बस्नेतबीच एकपटक हात हालाहाल समेत भएको थियो । गौतमले कुनै व्यक्तिलाई दिन भनेर लिएको १५ हजारमध्ये दुई हजार मात्र दिएर १३ हजार ‘झ्वाम’ पारेको भन्दै बस्नेतले गौतममाथि हातपात गरेका थिए भने युट्युबरले नै कुटेर बनाएको भिडियो भाइरल भएको थियो ।

‘फण्डा’ गरेरै चर्चामा आउने अर्का व्यक्ति हुन्, ज्ञान बहादुर शाही उर्फ ज्ञानेन्द्र शाही । उनी सुर्खेतमा राज्यविरुद्ध तुच्छ बोलेपछि चर्चामा आएका व्यक्ति हुन् । कुनै समय ‘नेपालका लागि नेपाली अभियान’मा सुरेन्द्र भण्डारीले मासिक १५ हजार दिएर राखेका शाही उग्र बनेपछि उक्त अभियानबाट गलहत्याइएका थिए ।

शाही गुमनाम हुने अवस्थामा पुगेपछि एउटा न एउटा ‘फण्डा’ निकाल्छन् । सर्वसाधारणसँग पौठेजोरी खेल्न जान्छन् अनि आक्रमणमा परेपछि सत्ताको षड्यन्त्र भन्दै भिडियो बनाउन लगाउँछन् । राज्यसँग सम्बन्ध नभएका सर्वसाधारणले भिडियो हेरेपछि शाहीको कुरा पत्याउँछन् । सरकारी कार्यालयहरुमा बेथिती भयो भन्दै प्रदेशका मुख्यमन्त्रीसम्मलाई ठाउँको ठाउँ निर्देशन दिन्छन् ।

‘विदेशमा रहेका नेपालीलाई भोट हाल्न पाउने अधिकार चाहियो’ भन्ने अभिव्यक्ति दिएपछि विदेशका नेपालीहरुको समर्थन पाए । उनी पनि बेला-बेलामा राहत वितरण गरेको भन्दै तस्बिर र भिडियो सार्वजनिक गर्ने गर्छन् । तर, कुन श्रोतबाट आएको कति पैसाको राहत वितरण गरेको भन्‍ने पारदर्शी राख्‍न उनले उपयुक्त चाहेनन् सायद । जुम्लाबाट चप्पल पड्काउँदै काठमाडौं छिरेका शाहीको ठाँट आजकाल राजसी पाराको भन्दा माथि छ । उनले चढ्ने महँगो गाडी र वरिपरि लगाइएका व्यक्तिहरुका बारेमा बारम्बार प्रश्न उठ्ने गरेका छन् । उनको सम्पत्ति छानबिन हुनुपर्ने आवाज पनि बढ्न थालेका छन् ।

आफूलाई अभियन्ता घोषणा गरेर विवादमा आएका अर्का व्यक्ति हुन्, हेमराज थापा । बाजुराबाट पढ्न भनेर त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा बस्‍ने गरेका थापा पहिलो चरणको लकडाउनका समयमा सरकारका बारेमा अन्टसन्ट बोलेपछि चर्चामा आएका हुन् । जनता समाजवादी पार्टीसँग आवद्ध विद्यार्थी संगठनमा संलग्‍न रहको भनिएका थापा जनतालाई राहत दिन नसकेको भन्दै सरकारलाई गाली गरिरहेको बेला उनको कोठामा २२ बोरा चामल लुकाएको अवस्थामा भेटाइएको थियो । राजसंस्थाको समेत चर्को आलोचना गर्ने थापाले लुकाएको उक्त चामल चाहीँ हिमानी कोषबाट बाँडिएको खुलेको थियो ।

थापा हाल पनि विभिन्‍न युट्युबका साथै आफ्नो फेसबुकमा समेत लाइभ बोलेर भिडियो बनाउँछन् । सरकारका विरुद्ध बोलेर आफूले आफैंलाई अभियन्ता घोषणा गर्ने अर्को व्यक्ति हुन्, ज्वाला संग्रौला । टिका संग्रौला वास्तविक नाम भए पनि ज्वालाको नामले चिनिएकी उनी जापानमा बस्थिन् । झापाको बिर्तामोड स्थायी घर भएकी उनी नेपालमा रवि लामिछाने पक्राउ परेपछि सरकारको विरोध गर्दै रवि लामिछानेको समर्थनमा उत्रिकएकी थिइन् । लगातार रविको पक्षमा वकालत गर्न थालेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरुसँगको सम्बन्ध बलियो हुँदै गयो ।

सामाजिक सञ्‍जालमा चिनिएपछि त्यहाँ उनले चन्दा आतंक मच्चाएपछि विवादमा आएकी थिइन । जापानमा अवैध चन्दा आतंक मच्चाएपछि जापान सरकारले संग्रौलालाई नेपाल डिपोट गरेको थियो । उनी नेपालमा आएपछि झन् उग्र हुन थालिन् । व्यक्ति-व्यक्तिका बारेमा टिप्पणी गर्न थालिन् ।

बिना लाइसेन्स सवारी चलाएको देखेपछि प्रहरीले उनलाई रोकेको थियो । प्रहरीले रोकेपछि महाराजगञ्‍ज प्रहरीका असई मणिकान्त झामाथि अपशब्द बोलेकी थिइन् । संग्रौलाले झालाई जातीय हिंसा भड्काउने खालको रंगभेदी गाली गरेकी थिइन् । त्यहाँबाट सरुवा गराउने धम्की समेत दिएकी थिइन ।

संयोगवश झाको सरुवा ट्राफिक प्रहरी महाशाखा भएपनि बिवाद थाहा पाएपछि उनलाई उक्त ठाउँकै जिम्मेवारी दिइएको छ । पहिले आफ्नो साथी रहेकी आफूलाई खुस्बु बताउने नबिता घिमिरेसँग संग्रौला जापानमा रहेकै बेलादेखि विवाद थियो । नेकपा एमालेको भातृसंगठन युवा संघ नेपालको केन्द्री सदस्य रहेकी घिमिरेले संग्रौलाले सरकारविरुद्ध अभिव्यक्ति दिँदा विरोध गर्ने गर्थिन् । जसले गर्दा उनीहरुको मित्रताले दुश्मनीको रुप लिएको थियो ।

संग्रौला नेपालमा आएपछि भने उनीहरुको विवाद व्यक्तिगत चरित्रमा समेत केन्द्रित भयो । विवादले उग्ररुप लिन थालेपछि गत जेठ १६ गते महानगरीय प्रहरी वृत्त गौशालाले दुवै पक्षलाई बोलाएर मिलाएर पठाएको थियो । त्यहाँ संग्रौला सहितको समूहले आफूमाथि अर्धनग्‍न बनाएर हातपात गरेको आरोप घिमिरेले लगाइन् ।

संग्रौला विरुद्ध घिमिरेले जाहेरी दिएपछि महानगरीय प्रहरी परिसरले उनीसहित उनका श्रीमान हिमाल उपाध्याय र शर्मिला बाईवालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु सहित अरु दुईजनालाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका पाँचै जनालाई काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरेर हिरासतमा राखेको जानकारी महानगरीय प्रहरी परिषर प्रमुख एसएसपी अशोक सिंहले जानकारी गराएका छन् ।

माथि उल्लेखित स्वघोषित अभियन्ता त उदाहरण मात्र हुन् । युट्युबमा सार्वजनिक भएका चिन्दै नचिनेका व्यक्तिका बारेमा सार्वजनिक भिडियो हेरेर हावादारी टिप्पणी गर्दै आफैं प्रहरी, अदालत र न्यायाधीश बनेर आफूलाई अभियन्ता घोषणा गर्ने प्रतिस्पर्धा हाल व्यापक बनेको छ । उनीहरुका गतिविधिले समाजलाई फाइदा पुर्‍याएको छैन । समाजमा व्यापक विकृति ल्याएको छ । परिवार, समाज र समुदाय भाँड्ने र परिवारमा नै बिग्रह सिर्जना गर्ने स्थिति सिर्जना भएको छ । बेरोजगारी समस्याको विकल्पमा अभियन्ता बन्नेहरुले युट्युब प्रविधिकै दुरुपयोग गरेका छन् । उनीहरुको यस्तो गतिविधिले वास्तविक अभियानलाई निरन्तरता दिई रहेका अभियन्ताहरुले आफूलाई समाजमा देखाउन नमिल्ने भएको छ ।

आफू बाहेक अरुलाई मानिस नै नदेख्‍ने उनीहरुले देशको राष्ट्रपति र प्रधानमन्त्री सम्म आफैंलाई घोषणा गरेका छन् । मुकुन्द घिमिरेको जति पनि एउटा कुरामा अडान नभएका उनीहरुले आफूलाई अभियन्ता, समाजसेवी, राष्ट्रपति र प्रधानमन्त्री घोषणा गर्दै-गर्दा आफ्नो अन्धकार भविष्य भने देखेका छैनन् । यदि युट्युबबाट पाएको चर्चाले नै निरन्तरता पाउने हो भने अहिले कमला घिमिरेहरु कहाँ छन् ?

ShareTweetShare

सम्बन्धित खवर

बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो
थप

मलेसियामा गैरकानुनी कामदारमाथि तीव्र धडपकड

दाउद इब्राहिम कराँचीको अस्पतालमा भर्ना
थप

दाउद इब्राहिम कराँचीको अस्पतालमा भर्ना

तिहारकै पहिलो दिन नवपरासीमा भएको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु
थप

तिहारकै पहिलो दिन नवपरासीमा भएको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

हरेक दिन बिहान उठ्ने बित्तिकै गर्नुहोस् यी ६ काम, माता लक्ष्मी हुनेछिन् प्रसन्न !
थप

आज लक्ष्मीपूजा : कति बजे शुभ साइत, कसरी गर्ने पूजा ?

यस्तो छ देशभरको तीन दिनको मौसम पूर्वानुमान
थप

तिहारमा कस्तो रहन्छ मौसम ? यस्तो छ पूर्वानुमान, हेर्नुहाेस्

पूर्वराजा उपस्थित नभएपछि दुर्गा प्रसाईंले लिए यस्तो मोड…
थप

कम्बोडियामा ओलीको ३ अर्ब लगानी पुष्टि गर वा कानूनी कारवाही भोग्न तयार होऊ

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

5 months ago
लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

5 months ago
साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

5 months ago
बुद्धभुमि नेपाल हाइड्रोपावरकाे आईपीओकाे बाँडफाँडको मिति… !

सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट

5 months ago
दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…

दुर्गा प्रसाईँले प्रधानमन्त्री सुशीला कार्कीसँग माफी माग्दै दिए मूर्ति उपहार

5 months ago
दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…

दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…

5 months ago

खबरटाईम मिडिया प्रा.लि. द्वारा संचालित ताजाकुरा डटकम बिश्वको कुनै पनि कुनामा घटेका घटनाहरूलाई समाचारको रूपमा प्रकाशन गर्ने अनलाइन पोर्टल हाे । यदि यहाँहरूसँग हाम्रो बारेमा कुनै रिपोर्ट, सुझाव तथा कमेन्टहरू भएमा हामीलाई इमेलमा सिधै सम्पर्क गर्नुहाेला
वेबसाइट: https://tajakura.com
इमेल: admin@tajakura.com
सम्पर्क ठेगाना: काठमाडौँ नेपाल

सम्पर्क फोन: ९८५१०११०४६, ९८१८६१०४१५

  • situs panen77
  • b88 slot
  • s77 resmi
  • daftar slot88
  • judi slot online pulsa
  • slot online gacor
  • info rtp slot gacor
  • keluaran togel hari ini
  • daftar panengg
  • agen slot300
  • situs b88
  • sbobet login
  • rtp slot online
  • judi slot gacor online
  • slot deposit pulsa
  • poker online terpercaya
  • situs slot online
  • result hk lengkap
  • slot deposit dana
  • agen sbobet terpercaya
  • rtp live slot online
  • slot gacor gampang menang
  • slot deposit pulsa
  • judi poker online
  • daftar slot online
  • daftar sbobet
  • rtp slot gacor online
  • slot gacor hari ini
  • slot pulsa tanpa potongan
  • slot300 resmi
  • link alternatif b88
  • slot gacor hari ini
  • rtp live slot
  • rtp slot online
  • totoslot login
  • togel online
  • toto macau
  • daftar slot gacor
  • slot joker123
  • demo slot pragmatic play
  • rtp slot tereprcaya
  • sabung ayam sv388
  • situs slot deposit pulsa
  • slot deposit pulsa tanpa potongan
  • result togel online
  • sbobet wap
  • rtp live slot
  • slot gacor resmi
  • slot gacor
  • judi slot gacor terpercaya
  • rtp live slot gacor
  • daftar joker123
  • situs judi bola
  • slot pulsa tanpa potongan
  • keluaran togel online
  • daftar sultan188
  • agen sultan188
  • sultan188 resmi
  • sultan188
  • sultan188 terpercaya
  • situs panengg
  • slot gacor
  • slot online terpercaya
  • sultan69 login
  • daftar sultan69
  • sultan69 login
  • daftar sultan69
  • sultan69 slot
  • indoxx1
  • lk21 indoxxi
  • situs sultan69
  • sultan69 login
  • sultan69
  • slot69 slot
  • slot online terbaik
  • sultan188 slot
  • b88 login
  • prediksi sgp hari ini
  • result hk lengkap
  • prediksi sgp
  • paito hk
  • erek-erek
  • slot
  • rtp slot
  • berita judi online
  • bocoran slot gacor hari ini
  • judi slot deposit pulsa
  • situs joker123 terpercaya
  • agen sbobet wap
  • daftar idn poker online terpercaya
  • slot deposit pulsa
  • toto togel
  • slot pulsa
  • idn poker
  • daftar slot300
  • situs slot300
  • link alternatif slot300
  • judi slot88
  • prediksi sgp
  • prediksi hk
  • prediksi hk malam ini
  • prediksi hk
  • prediksi sydney
  • prediksi sgp hari ini
  • erek erek 3d
  • buku mimpi 2d
  • buku mimpi 4d
  • prediksi macau hari ini
  • togel hongkong
  • togel singapore
  • togel malaysia
  • slot138
  • panen138
  • panen138
  • lk21
  • indoxxi
  • nonton film lk21
  • slot300
  • slot300
  • panengg
  • panengg
  • panen77
  • rtp b88
  • agen s77
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/-/sbobet/
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/rtp-slot/
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/slot-gacor/
  • slot138
  • situs slot138
  • slot138 resmi
  • panen138 slot
  • situs panen138
  • http://actadiurna.fisip.unsoed.ac.id/wp-includes/lk21/
  • agen panengg
  • daftar sultan188
  • daftar slot138
  • slot138 terpercaya
  • rtp slot138
  • agen slot138
  • panen77 slot
  • panen137 resmi
  • daftar sultan69
  • situs sultan69
  • login panen138
  • panen138
  • daftar panen138
  • agen panen138
  • panen138 slot
  • rtp panen138
  • हाम्रो टीम

    सूचना बिभाग दर्ता नं: १४७/०७३-०७४

    सञ्चालक/प्रबन्ध निर्देशक : शोभा मानन्धर
    प्रधान सम्पादक : हरि मानन्धर
    साहित्यः यश घिमिरे (नेपाल)
    व्यवस्थापक : रतन चन्द
    डेक्स सम्पादक : कविता सेडाई
    प्रमुख सल्लाकार : कृष्ण ज्ञावली

    प्रवास प्रतिनिधिः सुमन कार्की
    शवनम (जापान)
    उजैन (कोरिया)

    समाचार               विजनेश

    समाज                             अर्थ

    खेलकुद                          रोजगार

    प्रवास                              बैँक/वित्त

    राजनीति                          अटो

    राष्ट्रिय                              सुचना/प्रवाधि

    अन्तर्राष्ट्रिय                        पर्यटन

    © 2021 TajaKura. All Rights Reserved

    No Result
    View All Result
    • समाचार
      • राष्ट्रिय
      • अन्तर्राष्ट्रिय
      • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
      • बैँक / वित्त
      • रोजगार
      • पर्यटन
    • खेलकुद
    • समाज
      • अपराध
      • अन्तर्वार्ता
      • संस्कृति
    • स्वास्थ्य/शिक्षा
    • सुचना/प्राविधि
    • साहित्य
      • कविता/गजल
    • प्रदेश
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती प्रदेश
      • कर्णाली प्रदेश
      • लुम्बिनी प्रदेश
      • गण्डकी प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • प्रवास
    • अन्य
      • विचार
      • फिचर
      • रोचक
      • पत्र-पत्रिका
      • राम्रो संसार

    © 2021 TajaKura. All Rights Reserved