एजेन्सी ।
युक्रेनमा रुसी आक्रमण जारी रहेको छ। रुस–युक्रेनबीचको युद्धमा सयौंको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। रुसले युक्रेनको राजधानीसँगै ठूला शहरहरुलाई आफ्नो निशाना बनाइरहेको छ। युक्रेनले रुसले गैरसैनिक इलाकाहरुमा आक्रमण गरी युद्ध अ,प,राध गरेको आरोप लगाइरहेको छ।
दुई देशबीचको युद्धमा दुई युक्रेनी फुटबलर मारिएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार फुटबलरद्वय भिटाली सापिलो र डीमाइट्रो मार्टिनेन्कोको मृत्यु भएको छ।
‘फुटबलरहरु भिटाली सापिलो र डीमाइट्रो मार्टनेन्कोको परिवार, साथीभाई र सहकर्मीहरुलाई हाम्रो समवेदना छ , यो युद्धमा भएको क्षतिबारे फुटबल फस्टले उल्लेख गरेअनुसार,’ फिफप्रोले आफ्नो विज्ञप्तिमा भनेको छ। २१ वर्षीया सापिलो जो सेकेण्ड डिभिजन कारपार्टी लिभमा आबद्ध थिए, उनी किभ नजिकै भएको आक्रमणमा मारिएका हुन्।
उनले ट्याङ्क कमाण्डरका रुपमा आर्मी जोइन गरेको रिपोर्टमा उल्लेख गरिएको छ। अर्कोतर्फ २५ वर्षीय मार्टिनेन्को जो क्षेत्रीय क्लब एफसी गोस्टोमेलका उदीयमान खेलाडी थिए उनको पनि अपार्टमेन्टमा भएको विस्फोटमा मृत्यु भएको हो । सो विस्फोटमा उनकी आमाको पनि मृत्यु भएको बताइएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !