अहिले अधिकांस नेपालीले मोबाइल ह्यान्डसेट प्रयोग गर्छन्। त्यसमा पनि स्मार्टफोनको प्रयोग बढ्दो छ। हामीले प्रयोग गर्ने मोबाइल ह्यानडसेटमा यस्ता थुप्रै फिचरहरू हुन्छन् जसबारेमा थाहा भइरहेको हुँदैन। तिनैमध्ये एक हो ‘अर्थक्वेक अलर्ट सिस्टम’, अर्थात् भूकम्पको पूर्व जानकारी दिने प्रणाली।
यो फिचर सक्रिय हुँदा तपाईंको एन्ड्रोइड मोबाइलले भूकम्प आउनुभन्दा केही सेकेन्ड अघि सतर्क गराउँछ। यसका कारण तपाईंले सुरक्षित स्थानमा पुग्न वा रहन केही समय मात्रै भएपनि पाउन सक्नुहुन्छ। अर्थक्वेक अलर्ट सिस्टमले बनाएको एन्ड्रोइड उपकरणहरूले यसरी मिनी सेस्मोमिटरको काम गर्छ।
भूकम्प जुनसुकै बेला जान सक्छ। यसलाई मध्यनजर गर्दै पनि एन्ड्रोइडले आफ्नो प्रयोगकर्ताहरूको सहजताका लागि अलर्ट प्रणाली सुरू गरेको हो। यो फिचर अहिले नेपालसहित करिब एक सय देशहरूमा उपलब्ध छ।
यसरी एनड्रोइड मोबाइलमा गर्न सकिन्छ अर्थक्वेक अलर्ट सिस्टमलाई सक्रियः
१. मोबाइलको सेटिङमा जानुहोस्।
२. त्यहाँ ‘सेफ्टी एन्ड इमर्जेन्सी’ क्लिक गर्नुहोस्। यसपछि अर्थक्वेक अलर्ट भनेर देखाउँछ। यदी सेटिङमा ‘सेफ्टी एन्ड इमर्जेन्सी’ भन्ने देखिएन भने, ‘लोकेसन’ विकल्पमा जानुहोस्। त्यसमा रहेको ‘एड्भान्स्ड’मा क्लिक गर्नुहोस्। र, त्यसपछि देखिने ‘अर्थक्वेक अलर्ट’ विकल्पलाई सक्रिय गर्नुहोस्।
३. यहाँबाट तपाईंले यो फिचर अन (सक्रिय) वा अफ (निष्क्रिय) गर्न सक्नुहुन्छ।
एन्ड्रोइड अर्थक्वेक अलर्ट सिस्टमलाई निःशुल्क चलाउन सकिन्छ। तर यसको लागि मोबाइलमा वाईफाई अथवा डेटा अन भएको हुनुपर्छ।
यसबाहेक तपाईंले एन्ड्रोइड प्ले-स्टोरमा भूकम्प जानु अघि सचेत गराउने विभिन्न एपहरू पाउन सक्नुहुन्छ। तीमध्ये भरपर्दो र आफ्नो स्मार्टफोनले सपोर्ट गर्ने एप डाउनलोड गरेर पनि राख्न सक्नुहुन्छ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !