काठमाडौं– भायानेटले १२५ एमबिपिएसको इन्टरनेट सेवा वार्षिक ८ हजार ४०० रुपैयाँको सुपथ मूल्यमा सार्वजनिक गरेको घोषणा गरेको छ । यसका साथै दसैं र तिहारको पावन अवसरमा भायानेटले ग्राहकलाई अल्टिमा वायरलेस इयरबड्स र हिमस्टारका होम एप्लायन्समा ५० प्रतिशतसम्मको छुट पनि उपलब्ध गराउने भएको छ ।
भायानेटको ‘चाडमा चौका’ चाडपर्व अभियानमा ग्राहकले अब प्रतिवर्ष भ्याटबाहेकको ८ हजार ४०० मा १२५ एमबिपिएस इन्टरनेटको मज्जा लिन सक्नेछन्, जुन बजारमा उपलब्ध यो स्पिडको इन्टरनेटका लागि प्रस्ताव गरिएको सबैभन्दा कम मूल्य हो । यसका साथै भायानेटले यस अभियान अवधिभर २०० एमबिपिएस र ३०० एमबिपिएस प्याकेजका लागि पनि छुट ल्याएको बताएको छ ।
यस अफरलाई अझ गतिशील बनाउन भायानेटले आफ्ना ग्राहकलाई विशेष छुट उपलब्ध गराउन अल्टिमा र हिमस्टार ब्राण्डसँग साझेदारी गरेको छ । वार्षिक इन्टरनेट योजनाहरू छनौट गर्ने भायानेट ग्राहक चार लोकप्रिय इलेक्ट्रोनिक उत्पादनको खरिदमा ५० प्रतिशतसम्म छुटका लागि योग्य हुनेछन् । त्यसैले यस अभियानको नाम ‘चाडमा चौका’ राखिएको छ ।
छुट प्राप्त हुने चार वस्तुहरूमा अल्टिमा वायरलेस इयरबड्स, हिमस्टारको स्मार्ट टिभी, रेफ्रिजरेटरर वासिङ मेसिन रहनेछन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !